२०७९ माघ २६, बिहीबार

‘ईच्छा बिपरित होली खेले कार्वाहीं’– शाही

चैत्र ०६, २०७५  | १८२७ पटक पढिएको

तुलसीपुर

इलका प्रहरी कार्यालय तुलसीपुरले इच्छा विपरित होली खेल्ने जो कोहिलाई पनि कार्वाहि गरिने वताएको छ । दाङको तुल्सीपुरमा आयोजित पत्रकार सम्मेलन गरि सो कुरा वताएको हो । पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक प्रेमवहादुर शाहीले इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने जो कोहिलाई पनि कानुनको दायरामा ल्याउने भन्दै सभ्य तरिकाले होली मनाउन आग्रह समेत गरे ।

प्रहरी नायव निरिक्षक प्रेमवहादुर शाहीले भने– सदभावको होली भएकोले पनि सभ्य तरिकाले खेल्नहुन भन्दै यदि कतै इच्छा विपरित होली खेलेको थाहा पाएमा तत्काल कार्वाहि गरिने समेत वताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले पनि होलीका लागि विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको दाङका एसपि बेल पाण्डेले जानकारी दिए ।
उनले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने बताए । पाण्डेले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो लिंकमा हेर्नुहोस भिडियो । https://photos.google.com/u/1/photo/AF1QipNY8-LNjnFCMFgfmFFr6KpzWBeeAVjE0HhDLDUN

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस