२०७९ माघ १७, मंगलबार

अस्कलमा “सहिद सप्ताह २०७५” भव्य रुपमा सम्पन्न

चैत्र ०५, २०७५  | ११९८ पटक पढिएको

५ चेत्र, काठमाडौं / अनेरास्ववियू(क्रान्तिकारी)अस्कल क्याम्पस समितिद्वारा आयोजित “सहिद सप्ताह २०७५” कार्यक्रम अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यमा सोमबार भब्य रुपमा समापन भएको छ । फागुन १७ गते उद्घाटन हुने भनिएको “सहिद सप्ताह २०७५” ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना भएपछी फागुन २२ गते देखि शुरु भएको थियो ।

अनेरास्ववियू(क्रान्तिकारी) अस्कल क्याम्पस समितिले सदाझैँ महान् जनयुद्धका अमर सहिदहरुको सम्झनामा भलिबल ‘छात्रा,छात्र’, फुटबल, क्रिकेट, बास्केटबल छात्रा, हाजिरी जवाफ, वक्तृत्वकला, बुद्धिचाल, डोरि तान्ने ‘छात्रा’, घैंटो फुटाउने कार्यक्रम गर्दै आएको थियो र यो पटक पनि भव्यताको साथ सम्पन्न भएको अस्कल क्याम्पस समितिका अध्यक्ष खेम सिंह (समर)ले बताए । फागुन २२ गते देखि सुरु भएको “सहिद सप्ताह २०७५” कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा हजारौँ नेता, कार्यकर्ता तथा समर्थक विद्यार्थीको सहभागीता भएको थियो । छात्र भलिबलमा ८ टीम, छात्रा भलिबलमा ४ टीम, फुटबलमा १७ टीम, क्रिकेटमा ७ टीम, हाजिरी जवाफमा २१ वटा टिम, वक्तृत्वकलामा ११ जना प्रतिस्पर्धी, बुद्धिचाल ४० जना प्रतिस्पर्धी, डोरीतान्ने छात्रामा ६ वटा टीम, छात्रा बास्केटबलमा ३ वटा टीम, घैटो फुटाउने १०० जना भन्दा बढी प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।

अनेरास्ववियू(क्रान्तिकारी)अस्कलका अध्यक्ष खेम बहादुर सिंह “समर”का अनुसार कार्यक्रमका विजेता/उविजेता यसप्रकार छन् :
क्रिकेट
क्रिकेटमा “ASCOL HOSTEL CRICKET” टिम विजेता भएको थियो । जस अन्तर्गत खगेन्द्र बुढाथोकी (कप्तान), प्रेम जैशी, दिनेश वली, अमिर कट्टेल, विजय श्रेष्ठ, सुमन धिमाल, विराट घर्ती मगर, सन्दिप, राहुल यादव, सुशील रोकाय, टेकेन्द्र नायक, विजय शिवाकोटी, अजय डाँगी, केशव भण्डारी रहेका थिए । यसैगरी “ASCOL LEGENDS” टिम उपविजेता भएको थियो । जस अन्तर्गत नारायण रेग्मी (कप्तान), सुरेश लामिछाने, अमृत बस्नेत, केशव भट्टराई, सन्दिप न्यौपाने, आशिष रौनियार, सन्दिप श्रेष्ठ, ज्ञानेन्द्र चुडाल, प्रितम, सुदिप, रोहन रहेका थिए।

फुटबल
फुटबलमा “Ascol legend” टिम विजेता भएको थियो । जस अन्तर्गत ज्ञानेन्द्र चुडाल, तुसार तामाङ(कप्तान), साइमन तामाङ, शिव थापा मगर, शिव अर्याल, अनिस कार्की, सुजन अधिकारी (लाउरे) रहेका थिए । यसैगरी “ASCOL HOSTEL” टिम उपविजेता भएको थियो । जस अन्तर्गत भुवन के.सी.(कप्तान), सुरज बस्नेत, मिलन के.सी., राजन फडेरा, अजय डाँगी, प्रज्वल लामिछाने रहेका थिए ।

छात्र भलिबल
भलिबलमा “M.Sc. Physics” टिम विजेता भएको थियो । जस अन्तर्गत हरि के.सी.(कप्तान) , गजेन्द्र बिष्ट, निराज खड्का, अनिल सुवेदी, नारायण अधिकारी, अद्येश खड्का रहेका थिए । यसैगरी “ASCOL HOSTEL” टिम उपविजेता भएको थियो । जस अन्तर्गत पवन बम(कप्तान), सगुन तामाङ, पवन श्रेष्ठ, प्रकाश खड्का, भुपेन्द्र खड्का, विकाश थापा रहेका थिए ।

छात्रा भलिबल
छात्रा भलिबलमा “B.Sc. 2nd year girls” टिम विजेता भएको थियो । जस अन्तर्गत स्वेच्छा श्रेष्ठ, आकृति छेत्री, रोजा शक्या, परिक्षा गौली(कप्तान), श्यारोन शेर्पा, गोमा बस्नेत, प्रतिमा बन्जरा, अनिता थामी रहेकी थिइन् । यसैगरी “B.Sc. 4th year girls” टिम उपविजेता भएको थियो । जस अन्तर्गतअन्जना पाख्रिन(कप्तान), सिमा घर्ती मगर, अपेक्षा पुन मगर, प्रतिक्क्षा नेपाली, अलिना छेत्री, मोनिका भण्डारी रहेकी थिइन् ।  यसैगरी तेश्रो स्थानमा अस्मिता गैरे, सम्झना इटानी, सजना राई, सपना कार्की, ममता सुवेदी, मन्जु रेग्मी, निकिता सेढाई रहेकी थिइन् ।

बुद्धिचाल
विजेता : एलिन आग्ङ्देम्बे, उपविजेता दिपक शाही(DJ)

हाजिरी जवाफ
हाजिरी जवाफ प्रतियोगिताको प्रथम स्थानमा आशिष आचार्य, विवेक अधिकारी, अर्जुन पौडेल रहेका थिए भने, द्वितीय स्थानमा प्रेम उपाध्याय अपेक्षा पुन मगर, राज पाण्डे रहेका थिए । यसैगरी तेस्रो स्थानमा हेमन्त पौडेल, सुमन खनाल, उज्वल बस्नेत रहेका थिए ।

वक्तृत्वकला
वक्तृत्वकला प्रतियोगितामा प्रथम पद्मा भुसाल, द्वितीय सफल श्रेष्ठ र तृतिय भेषराज पाण्डे रहेका थिए ।

छात्रा डोरी तान्ने
छात्रा डोरी तान्ने प्रतियोगिता अन्तर्गत प्रथम स्थानमा सजना राई, सम्झना इटानी, अस्मिता गैरे, निस्टा भुर्तेल, निकिता सेढाई रहेकी थिइन् भने
द्वितीय स्थानमा रोजा शाक्य, अनु थामी, स्वेच्छा श्रेष्ठ, आकृति क्षेत्री, परिक्षा गौली रहेकी थिइन् । यसैगरी तृतिय स्थानमा सन्जु भण्डारी, स्मृती ढकाल, कामना न्यौपाने, विस्मिता पौडेल, सृजना दुलाल रहेकी थिइन् ।

बास्केटबल छात्रा
बास्केटबल छात्रा प्रतियोगिता अन्तर्गत प्रथम स्थानमा प्रीति पान्डे, सजना राई, शुभेच्छा पाण्डे, अस्मिता गैरे, अनिता गरुङ, सम्झना इटानी भएकी थिइन् भने द्वितीय स्थानमा रोजा शाक्य, अनु थामी, स्वेच्छा श्रेष्ठ, आकृति क्षेत्री, परिक्षा गौली, श्यारोन शेर्पा भएकी थिइन् । यसैगरी तृतिय स्थानमा सुश्मा पाण्डे, पुजा बिष्ट, त्रिपूरा के.सी., रमिला आचार्य, रोशनी तामाङ, अनिता सिम्खडा रहेकी थिइन् ।

घैटो फुटाउने
यस प्रतियोगितामा रोशन रावल प्रथम भएका थिए ।

कार्यक्रमका विजेताहरुलाई आयोजक समितिले मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेको थियो । अध्यक्ष खेम सिंह (समर)ले कार्यक्रममा बोल्दै “सहिद सप्ताह २०७५” मा उत्साहजनक सहभागीताका लागि सम्पुर्ण विद्यार्थी साथीहरू, कार्यक्रम सफल बनाउन अहोरात्र लाग्ने संगठनका नेताकार्यकर्ता सुभचिन्तकप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका थिए । उनले बिजयी हुनु भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा तपाईंहरुको क्षमता प्रतिभालाई थप पुरस्कृत गर्दै जानेछौँ भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

Photo features: 

 

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस