२०७९ माघ २१, शनिबार

गीतकार पुरण क्षेत्रीको खेलाडी गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चैत्र ०५, २०७५  | ००० पटक पढिएको

काठमाडौं, चैत्र ५ । गीतकार पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक मोहित श्रेष्ठ र सागर अविरल जिसी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो आज युट्युवमार्फत् सार्वजनिक गरिएको हो ।

दिपिन थापाको नृत्य निर्देशन रहेको भिडियोको क्यामेरा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले गरेका छन् ।  तीन वर्षअघि रेकर्ड गरिएको उक्त खेलाडी गीतको एरेञ्ज कृष्ण पुनले गरेका थिए भने अक्सिजन मिडिया प्रालिले अडियो सार्वजनिक गरेको थियो ।
गायक तथा संगीतकार मोहित श्रेष्ठको संगीत रहेको उक्त म्यूजिक भिडियोमा सुनछहरी कला केन्द्रका कलाकारहरुको नृत्य रहेको छ ।
हाल रोल्पा नगरपालिकाका मेयर समेत रहेका गीतकार क्षेत्रीले जलजलाको नूतन सन्देश (२०६३) र देशले उत्साह खोजिरहेछ (२०७३) कविता संग्रह पनि प्रकाशन गरिसकेका छन् ।
हेर्नुस् खेलाडी गीतको भिडियो

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस