२०७९ माघ १३, शुक्रबार

हाेलीकाे मनखाेली

चैत्र ०५, २०७५  | १५६६ पटक पढिएको

सुमन पोख्रेल

अाेहाे ! हाेलीकाे दिन अाउँदा उही सिँगाने बेलाकाे झझल्कोले सताउँछ । व्याकरणका अाँखामा “हाेली ” शब्द शुद्ध हाे तर हामीले यसलाई ” हाेरी” नामले पुकार्थ्याैँ । जसरी अहिलेका बच्चाहरू हप्ता दिनअघि नै हाेलीकाे लागि सरजामकाे प्रबन्धमा लाग्छन्, त्यसरी हाम्रो तयारी हुँदैनथ्याे । हाेली किन खेलिन्छ भन्ने रहस्य पनि थाहा थिएन । यसकाे पाैराणिक प्रसङ्गका बारे हामी अचेत थियाैँ । बस् ,बटुवालाई रङ छ्याप्न अथवा अाफ्नै सुरमा काम गरिरहेकाे मान्छेलाई एक्कासि टाटेपाटे बनाउन मात्रै हाेली खेल्नुपर्छ भन्ने प्रशिक्षण थियाे । यसका लागि अघिल्लाे दिनमा हाेली छ्याप्ने पिच्कारी बनाउने महाभारत भनाैँ कि लठाराे हुन्थ्याे हामीलाई । नजिकमा बजार थिएन । बजार भए पनि पैसा हुँदैनथ्याे । त्यसैले धनुबाँस काट्ने खेलाे गरिन्थ्याे । हाँगाबिँगाले जेल्लिएका बाँस बिहानबाट काट्न सुरु गर्दा बल्लबल्ल दिउँसाेसम्ममा काटिभ्याइन्थ्याे । बाँस काटेपछि त्यसलाई झाङबाट बाहिर निकाल्नै अर्काे धामा हुने । ससाना बच्चाकाे तागत कत्राे हुँदाे हाे र । गाउँभरिका केटाकाे मदत लिएर घारीबाट बाँस निकालेपछि अब पालाे अाउँथ्याे हाेली बनाउने समय । खुकुरी पनि भुत्तिएका हुन्थे । एक ठाउँमा हिर्काउँदा अर्काे ठाउँमा निशाना लाग्न जान्थ्याे । एकातिर अाँख्लाे बचाउनुपर्ने अर्कातिर लट्ठी घुसाउने प्वाल हुनुपर्ने । भुत्ते खुकुरीले काट्दाकाट्दा ती बाँस पिच्कारी बन्नै नपाई पट्ट पट्ट फुटिजान्थे भन्या । बडाे मुस्किलले बनेकाे त्याे पिच्कारी पनि बेढङ्गकाे हुन्थ्याे । भित्र ठूलाे प्वाल भएकाे बाँसमा छिराउन अर्काे याैटा सानाे लाैराे अावश्यक हुन्थ्याे । त्याे लाैराेमा फाटेका धाेती- अामाका पुराना पेटिकाेटका धरा वा मक्किएका सिरकका खाेल च्यातेर त्याे लाैराेलाई माेड्ने काम गरिन्थ्याे । प्वालभित्र छिराउँदा स्वात्तै पसेमा त्यसले पानी वा रङकाे तरल पदार्थ अाफूतिर तान्न सक्दैनथ्याे । अति टाइट भएमा फेरि त्यसकाे झट्का वाञ्छित ठाउँसम्म छ्याप्न नमिल्ने भइदिन्थ्याे । त्यसैले पिच्कारी बनाउन अल्लि सिद्धहस्त हुनुपर्थ्याे ।

भगवान् श्रीकृष्णले यसै दिनमा गाेपिनीसँग खाण्डव वनमा राशलीला रचेका हुन् रे । राधालाई प्यारले पानीपानी बनाएका हुन् रे । वसन्त ऋतु त्यसै पनि कामवासनाकाे बाढी अाउने ऋतु हाे । काम नै सृष्टिकाे एक मात्र अाधार हाे । भनिन्छ ब्रह्माण्डकाे सृष्टि पनि यसै दिन भएकाे हाे रे । कामलाई मदन पनि भनिन्छ । वसन्त र मदन साथी हुन् रे । त्यसैले हाेलीलाई वसन्ताेत्सव भने पनि हुन्छ र मदनाेत्सव भने पनि हुन्छ । त्यही काम र रागकाे रापताप निभाउन केटाहरू रतिदेवीकाे खाेजमा तल्लीन हुनु र तिनीसित इत्रिन खाेज्नु जैविक अावश्यकता नै हाे भन्छु ।

हाेली खेल्ने त्याे साधन त बन्थ्याे , अब त्यसमा हाल्ने के ? पानीले खेलाैँ ,हाेली खेलेकाे नठहरिने । रङ हालाैँ रङ छैन । हामी केटाटीकाे मनाेरञ्जनका लागि बाअामाले कहिल्यै बजेट विनियाेजन गर्नुहुन्नथ्याे । रङबिनाकाे हाेली त पानीबिनाकाे खाेली जस्ताे हाे । हाम्राे लुच्चाे मनले कहाँ मान्थ्याे र ! रङकाे जाेहाे गर्न धूपदानीतिर हाम्राे ध्यान जान्थ्याे । कुन जमानामा किनेकाे रङ , माट्टिएकाे र कागजकाे टुक्रामा अलिकति लतपतिएकाे भेटिन्थ्याे । त्यसैलाई जिप्टाएर कागजैसित बाल्टिनभरिकाे पानीमा खन्याइदिन्थ्याैँ भन्या । अनि बाटातिर हिँड्ने बटुवालाई असुराकाे झुन्डीमा लुकेर हिर्काइन्थ्याे र त्यसमै ठूलाे पुरुषार्थ गरेकाे ठान्थ्याैँ ।
हाेलीकाे सम्झना गर्दा मानपुरका देशीका छाउरा र मानपुरे गाेत्यार रविराज, रञ्जनराज,रमणराज, मुरारि,उदयराज, भैया, अनिल सिजापती,नवीन सिजापती अादिकाे साधन सम्पन्नता देख्दा बडाे ईर्ष्या लाग्थ्याे । नजिकै बजार भएकाले र देशीकाे सङ्गतले तिनका हात हातमा एकएक वटा प्लास्टिकका पिच्कारी हुन्थे । ती भारतबाट ल्याइएका हुन्थे । उनीहरूसँग रङ भरिएका गुब्बारा पनि हुन्थे । हामी बिजाैरीतिरका ठिटाहरू यी साैभाग्यबाट वञ्चित थियाैँ । हाम्रा अनुहार न दनुवारका पिच्कारी तिनका अगाडि सधैँ फ्लप हुने । हाल्ने रङ समेत नपाएर कहिले सिमीका पात थिचेर हरियाे रङ बनाइयाे ,कहिले टिकिया मसी घाेलेर कालाे रङ बनाइयाे । केके भाउँता गरियाे के के ।

हाेलीमा बच्चाबच्चीकाे अाफ्नै किसिमको रमाइलाे हुन्छ। उनीहरू नचिनेका मान्छेलाई रङ छ्यापेर कपडा बिगारिदिनुमा अानन्द लिन्छन् तर जवान केटाकेटीहरूमा हाेली एउटा परस्परमा अाकर्षित हुने वा उस्तै परे छिल्लिने र अाफ्नाे भित्री चाह पूरा गर्ने ध्येय पनि लुकेकाे हुन्छ कि झैँ लाग्छ । त्याे बेलामा अल्लि छिप्पिएका केटाहरूकाे लक्ष्य केटीलाई रङ दलिदिनु र तिनकाे जिउ स्पर्श गर्ने र त्यसका माध्यमबाट मायाप्रीतिकाे बीउ राेप्ने पनि हुन्थ्याे । त्यस्ता केटाहरू जुन घरमा केटी छन् ,त्यतै सुरिएर जान्थे । बहाना त चाहियाे नजिकिने , अरू दिन जाँदा सङ्कुचित समाजले नानाभाँतीकाे बात लगाइहाल्थ्याे । अहिले बल्ल त्यसकाे गूढ कारण खुल्दै छ मलाई । त्यसमाथि वनारसमा पढेर अाएका केही युवाहरूले त्यताकाे परम्परा पनि ल्याएका हुन्थे । उनीहरू त्यही सिकाे गर्दै जवान युवतीकाे खाेजीमा हुन्थे । बिचरा केटीहरूकाे भागाभाग हुन्थ्याे । जसलाई केटाकाे संसर्ग त्यति मन लाग्दैनथ्याे , ती ढाेका थुनेर बसिरहन्थे। जाे अलिअलि क्वाँरक्वाँर बास्ने उमेरका हुन्थे, तिनी थाेरै लजाएजस्ताे गर्दै बाहिरभित्र गर्थे र तिनकाे अाकाङ्क्षा कुनै केटाले रङ छ्यापिदिअाेस् भन्नै नै हुन्थ्याे । मुखले पाे नबाेलेकाे हाे। अाखिर विपरीत लिङ्गप्रतिकाे अाकर्षण कुन युगमा रहेन र !

भगवान् श्रीकृष्णले यसै दिनमा गाेपिनीसँग खाण्डव वनमा राशलीला रचेका हुन् रे । राधालाई प्यारले पानीपानी बनाएका हुन् रे । वसन्त ऋतु त्यसै पनि कामवासनाकाे बाढी अाउने ऋतु हाे । काम नै सृष्टिकाे एक मात्र अाधार हाे । भनिन्छ ब्रह्माण्डकाे सृष्टि पनि यसै दिन भएकाे हाे रे । कामलाई मदन पनि भनिन्छ । वसन्त र मदन साथी हुन् रे । त्यसैले हाेलीलाई वसन्ताेत्सव भने पनि हुन्छ र मदनाेत्सव भने पनि हुन्छ । त्यही काम र रागकाे रापताप निभाउन केटाहरू रतिदेवीकाे खाेजमा तल्लीन हुनु र तिनीसित इत्रिन खाेज्नु जैविक अावश्यकता नै हाे भन्छु । यसरी बच्चा र जवानीमा सबैकाे प्याराे चाड बनेकाे याे हाेली अाजभाेलि मलाई विरक्त लाग्दछ । याे कम स्वादिलाे भएकाे छ । समयकाे तकाजा हाे र एउटा फाेहरी शैलीले पनि वितृष्णा जगाएकाे हाेला । यसभित्रकाे अाध्यात्मिक अथवा अासुरी शक्तिमाथि दैवी शक्तिकाे विजय भएकाे प्रसङ्ग अाफैमा रमणीय छ । भावना मिलेमा शुद्ध अविर लगाएर शुभकामनाकाे अादानप्रदान गर्नु पनि यसकाे अर्काे सुन्दर पक्ष हाे । पुगिसरी अाएमा अत्तर-जलले सेचन गर्नु र मिठा परिकारकाे खानपिन पनि यसकाे थप सुखद पक्ष हाेला तर अस्पतालतिर बिरामी भेट्न हिँडिरहेकाे मान्छेलाई कुहेका अन्डा , फाेहर पानी, माेबिल छ्यापेर गलल्ल हाँस्नु हदैसम्मकाे असभ्यता लाग्छ । याे मिलनकाे चाड नभई व्यथा जन्माउने जस्ताे लाग्छ । धेरै कुरा त समयका अावश्यकता रहेछन् , अभावमा पनि यिनकाे बढ्ता खाेजी हुने रहेछ । हिजाे दुर्लभ मानिएका ती बजारिया पिच्कारी र रङ अाज सुलभ भइसकेका छन्। मान्छेका मनाेरञ्जनका दायरा बढिसकेका छन् । मान्छेलाई निरन्तर उत्तेजनाकाे भाेक चढिरहने रहेछ , बाँदर र सर्प नाचेकाे दृश्यले पुलकित हुने याे मन अाज तिनलाई फिका ठान्दछ । प्रविधिले घरभित्रै विश्वका मनाेरञ्जन भित्र्याइदिएकाे छ । याे परिस्थितिमा हजाराैँ वर्ष पुरानाे याे संस्कृतिमा अाधा शताब्दीको उकालाे चढिरहेकाे मन कसरी टिकिरहन सक्छ ? निश्चय पनि याे शिशुहरूकै उल्लासकाे चाड हाे , यसले तिनलाई हँसाउँछ, सक्रिय बनाउँछ र त्यसमै बालविकासकाे सम्भावना प्रबल हुन्छ । शास्त्रमा भनिएकै छ -“
फाल्गुणे पाैर्णमासी च सदा बालविकासिनी । “
जय फागु पूर्णिमा ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस