२०७९ माघ २४, मंगलबार

रिपोर्टस् क्लबको होली मिलन कार्यक्रम हुँदै

चैत्र ०५, २०७५  | १५५४ पटक पढिएको

– शरद रेग्मी
५ चैत्र, दाङ / आपसि सद्भाव र एकताको प्रतिक मानिने होली पर्व दाङमा छुट्टाछुट्टै सङ्घ संस्था र विभिन्न क्लबहरुले मनाउने तयारीमा रहेका छन् । २०६७ सालमा स्थापना भए सँगै रिपोर्टस् क्लब दाङले प्रत्येक वर्ष मनाउँदै आएको होलि मिलन कार्यक्रम यस पटक पनि मनाउने तयारीमा जुटेको छ ।

बिपि चौक स्थित क्लबको कार्यालयमा चैत ७ गते बिहिबार बिहान आयोजना गरिएको होली विशेष कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रमुख, राजनीतिकदलका प्रमुख, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार, उद्योगि व्यवसायी, जनप्रतिनिधिको सहभागिता रहने रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो । बिहान ठिक ७–३० बजे देखि सुरु हुने होली मिलन कार्यक्रमको अवसर पारेर रिपोर्टस् क्लबमा थप अर्को ठुलो धन रासिको पुरस्कार समेत स्थापना हुन लागेको बताईएको छ ।

यस्तै बिच रिपोर्टस् क्लबका अध्यक्ष शरद रेग्मी र महासचिव बिमल गौतमले आज एक विज्ञप्ति जारि गरि होली मिलन कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गर्नुभएको छ । सो कार्यक्रमको तुलसीपुर क्षेत्रका रेडियोबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी रहेको समेत बताईएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस