‘साङ्लो’को पहिलो गीत रिलिज (हेर्नुहोस् भिडियो !)

मंसिर १३, २०७६  |  ४०३ पटक पढिएको

१३ मंसिर, काठमाडौं / अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘साङ्लो’को पहिलो गीत रिलिज भएको छ । लोकलयमा आधारित गीतमा विराजसँगै अभिनेत्री निकिता चाण्डकसँग देखिएका छन् । निकिता सन् २०१७ की मिस नेपालकी ताज विजेता हुन् ।

सार्वजनीक गीतलाई राजनराज सिवाकोटीले तयार पारेका हुन् । गीतमा शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई महिला स्वरमा मिलन नेवारले साथ दिएकी छन् ।

कविराज गहतराज गीतका कोरियोग्राफर हुन् । एक्सन–लभस्टोरी जनरामा राखिएको सिनेमा माघ २४ गते रिलिज हुनेछ । सिनेमामा विराज तथा निकिताको साथमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भीष्म जोशीलगायतका अभिनय छ ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।

हेर्नुहोस् भिडियो !

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार