‘बागी उमेद्वार चौधरी सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त’

मंसिर ०६, २०७६  |  २४३ पटक पढिएको  |   साक्षी खबर

६ मंसिर, दाङ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ को उपनिर्वाचनमा बागी उम्मेद्वार मनोनयन दर्ता गराएका जगलाल चौधरीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

पार्टी नीति विपरित नेकपाको उम्मेद्वार विरुद्ध चौधरीले बागी उम्मेद्वारी दर्ता गराई कांग्रेसको उम्मेद्वारलाई सहज बनाउँने षडयन्त्र गरेको भन्दै नेकपा दाङले एक प्रेस विज्ञप्ती जारी गरी कार्वाही गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुनद्वारा जारी विज्ञप्तीमा भनिएको छ – ‘जगलाल चौधरीलाई निस्कासन गरिएको छ र जगलाई चौधरीलाई सहयोग गर्नेहरुलाई मातहतका सम्बन्धित कमिटिहरुले कडा भन्दा कडा कार्वाही गर्न निर्देशन जारी गर्दछौ ।’

साथै विज्ञप्ती मार्फत पार्टीको आधिकारिक उमेद्वार सुरेश बहादुर केसीलाई निर्वाचनमा सक्रिय भई विजय गराउँने अभियानमा लाग्न सम्पूर्ण मातहतका संघ तथा संगठनलाई अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार