गोरखा मावि तुलसीपुरका विद्यार्थीहरुले खानेपानी टंकीमा सहयोग गरे

कार्तिक २९, २०७६  |  ४४६ पटक पढिएको  |   साक्षी खबर

तुलसीपुर, २९ कात्र्तिक/ गोरखा मावि तुलसीपुरका कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुले उठाएको पैसाले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ वरुवागाउँको दुर्गादेवी मन्दिरमा खानेपानी टंकी निर्माणमा आर्थिक सहयोग गर्ने भएका छन् ।

गोरखा मावि तुलसीपुरका प्राचार्य विजयमान जिएमको अध्यक्षतामा तथा राप्ती बबई क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा शिक्षाविद् विष्णु कुमार देबकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि देवकोटाले विद्यार्थीको यो कार्य स्रहानीय भएको भन्दै विद्यार्थीहरुले किताबको ज्ञान सँगै सामाजिक कार्यप्रति पनि चासो दिएकोमा प्रशंसा समेत गर्नु भएको थियो ।

कार्यक्रममा दुर्गा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष लक्ष्मण धितालले विद्यार्थीहरुको यो सहयोग हाम्रा लागि ठुलो भएको भन्दै विद्यार्थीको खानेपानीप्रतिको चिन्तालाई हामी यथासक्य चाडै खानेपानी टंकी निर्माण कार्य थालनी गर्ने छौं भन्नु भएको थियो ।
गोरखा माविका प्रचार्य विजय जिएमले विद्यार्थी तथा स्कुलले सामाजिक क्षेत्रमा धेरै सहयोग गरेको उल्लेखनीय कार्य गरेको भन्दै– ‘हामीले सहयोग गरी बनाएका संरचनाहरु सम्बन्धित निकायले पनि निगरानी गरी संरक्षण गर्न सुझाव समेत दिनुभएको थियो’ ।
१० हजार लिटर बराबरको खानेपानी टंकी निमार्ण गरिने बताइएको छ । कार्यक्रमको सहजीकरण व्यवस्थापन संकायका संयोजक डम्बर डिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार