‘प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेद्वारी दर्ता’

कार्तिक २१, २०७६  |  ५९७ पटक पढिएको  |   साक्षी खबर

– शरद रेग्मी
२१ कार्तिक, घोराही / दाङ निर्वाचन क्षेत्र नम्बर ३ को २ मा प्रदेशसभा सदस्यका लागि १२ दल र २ स्वतन्त्र गरी १४ जनाले उमेद्वारी दर्ता गराएका छन् । १२ राजनीतिक दलका र दुई जना स्वतन्त्र गरी १४ जनाले उमेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट बिमला कुमारी खत्री वली, नेपाली काँग्रेसका तर्फबाट केशवराज आचार्य, नेकपा मालेका हरिप्रसाद डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट छोटीलाल थारुले उमेद्वारी दर्ता गराए । त्यसैगरी मंगोल नेशनलका तर्फबाट घनस्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्री, समाजवादी पार्टीका तर्फबाट डिल्लीबहादुर डाँगी र नेपाली कांग्रेस (विपी)का तर्फबाट दिपककुमार धितालले उमेद्वारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृत रितन्द्र थापाले जानकारी दिए ।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भुपाल रावत, साझा पार्टीका शिवकुमार चौधरी र नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले उमेद्वारी दर्ता गराएका छन् ।
साथै टीकाराम आचार्यले पनि दर्ता गराएका छन् ।

साथै टीकाराम आचार्य र गोविन्द केसीले स्वतन्त्ररुपमा उमेद्वारी दर्ता गराएका छन्। उमेद्वारी दर्ता गराउनु पूर्व दलहरुले बाजागाजा र र्याली सहित मुख्य निर्वाचनको कार्यालय बार ईकाईको भवनमा पुगेर उमेद्वारी दर्ता गराएका हुन् ।

यसैक्रममा निर्धारित समय भन्दा ढिलो गरेका कारण राष्ट्रिय जनता पार्टीले भने उमेद्वारी दर्ता गर्न पाएन । यसैविच राष्ट्रिय जनमोर्चाले भने नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विमला कुमारी खत्री वलीलाई सघाउने भएको छ । केन्द्रिय तालमेल अनुसार दाङमा जनमोर्चाले नेकपालाई सघाउने भएको हो । नेकपाले प्रदेश सभा सदस्य स्वर्गीय उत्तरकुमार वलीका श्रीमती विमलालाई उमेद्वार बनाएको छ ।

यस्ता छन चुनावी प्रक्रिया
कार्तिक २२ गते उमेद्वारको विरोधमा उजुरी दिने, २३ गते उजुरी माथी जाँचबुझ गर्ने र सोही दिन उमेद्वारहरुको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत धनीप्रसाद चपाईले जानकारी दिए । यसैगरी २४ गते उमेद्वारी फिर्ता लिने समय दिइएको छ भने २५ गते उमेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने र मंसिर १४ गते चुनाव हुनेछ । प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा ६८ हजार ७ सय १९ जना मतदाता रहेका रहेका छन् । भने ३२ मदातन स्थल र त्यस भित्र ७७ केन्द्र निर्धारण भएको छ ।

तस्विरः केशव आचार्य नेपाली काँग्रेसका उम्मेद्वार
तस्विर : ‘भुपाल रावत’ राप्रपाका उम्मेद्वार
तस्विरः ‘बिमला वली’ नेकपाकी उम्मेद्वार

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार