‘प्रेम गीत ३’को छायांकन शुरु नहुँदै मोसन टिजर सार्वजनिक !

कार्तिक २१, २०७६  |  ८८ पटक पढिएको  |   साक्षी खबर

प्रदीप खड्काको नयाँ अवतार

२१ कार्तिक, काठमाडौं । फिल्म ‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ । निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ निर्माण यूनिटले बुधबार फिल्मको मोसन टिजर सार्वजनिक गरेको हो ।

जहाँ अभिनेता प्रदीप खड्कालाई भिन्न अवतारमा देखाईएको छ । उनी योद्धा अवतारमा प्रस्तुत छन् । मोसन टिजरका लागि निर्माण यूनिटको मेहनत प्रशस्त देखिन्छ ।

यो फिल्मको छायांकन भने शुरु भएको छैन् । फिल्ममा अभिनेता प्रदीप कस्तो अवतारमा देखिएलान भन्ने दर्शकको कौतुहलता मेटन निर्माण यूनिटले मोसन टिजर सार्वजनिक गरेको जनाएको छ ।

हेर्नुहोस् मोसन टिजर :

प्रतिक्रिया दिनुहोस