“दाङको टरिगाउँ विमानस्थलको स्तरवृद्धि हुन्छ” – नेकपा अध्यक्ष प्रचण्ड

कार्तिक २०, २०७६  |  ४३२ पटक पढिएको  |   साक्षी खबर

– शरद रेग्मी
२० कार्तिक, तुलसीपुर । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्नका लागि आफुले पहल गर्ने बताएका छन् ।

बुधबार दाङ आएको सन्दर्भमा तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा सञ्चालन भैरहेको यएरपोर्टलाई विस्तार गर्न आवश्यक रहेको समेत धारणा व्यक्त गरे । उनले भने– ‘म पटक–पटक स्थलगत अनुगमनमा समेत गईसकेको छु, वर्तमान अवस्थामा तत्काल धावनमार्गको विस्तार गरेर बाह्रसय मिटर गराउँदा ठुला जहाजपनि बस्न सक्ने अवस्था रहेको छ ।

यसमा राज्यले थप लगानि गर्नुपर्छ’ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई तीन बुँदे ज्ञापनपत्र समेत बुझाएर यस क्षेत्रको विकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको वाणिज्य सङ्घका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।

वाणिज्य सङ्घका अध्यक्ष बिरबहादुर रावतले दाङ एयरपोर्ट नियमितरूपमा हवाई सेवा सञ्चालन गर्नका लागि ईन्धन डिपो स्थापना गर्नुपर्ने, दाङको नारायणपुरमा स्थापना गर्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।

त्यसै गरि प्रदेश नम्बर ५ भित्रका सबै जनतालाई पायक पर्ने स्थानमा तत्काल केन्द्र तोक्नुपर्ने र तुलसीपुर उद्योग वाणिज्य सङ्घले निर्माण गर्न लागेको सभाहल अन्तिम चरणमा पुगेको हुँदा पब्लिक पाटनर्सिपको अवधारणालाई अगाडि बढाउन राज्यकोषबाट केही सहयोग आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख्य गरिएको छ । त्यसैगरि ज्ञापनपत्रमा निजि क्षेत्रको व्यवसायिक सुरक्षा र लगानिमैत्रि वातावरणको श्रृजना हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार