नेशनल युथ बक्सिङः अनिललाई स्वर्ण र सुरजलाई रजत पदक

कार्तिक २०, २०७६  |  ८७ पटक पढिएको  |   साक्षी खबर

– लक्ष्मण बस्नेत
२० कार्तिक, दाङ / काठमाडौंमा बुधबार सम्पन्न नेशनल युथ बक्सिङ च्यापिएनसिपमा दाङका अनिल कुमार पुन मगरले स्वर्ण पदक हात पारेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद सहयोगमा सञ्चालित फस्ट अण्डर नाईन्टिन नेशन युथ बक्सिङ च्याम्पिएनसिपको ६० के.जि. तौल समुहमा बाँके जिल्लाका ईन्द्र सुनारलाई फाईनलमा पराजित गर्दै अनिलले स्वर्ण पदक हात पारेका हुन् ।

त्यस्तै ४९ के.जि. तौल समुहमा नक्साल बक्सिङ क्लबका खान अलिसंग फाईनलमा पराजित दाङ का सुरज ओलि भने सम्मानजनक हार व्यहोर्दै रजत पदकमा चित्त बुझाउन बाध्य भए ।

कार्तिक १६ गते देखि संचालित नेशनल युथ बक्सिङ च्याम्पियनसिपमा दाङ जिल्लाले पुरुष तर्फ ४९, ५२, ५६, ६० र ७५ केजि तौल समूह र महिला तर्फ ४८ केजि तौलमा खेलाडी सहभागी गराएको थियो । जसमध्य दाङले पुरुष तर्फ एक स्वर्ण र एक रजत पदक हात पार्न सफल भएको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार