‘वडा स्तरीय फुटबल, क्रिकेट र कवड्डी खेल सुरु’

कार्तिक १७, २०७६  |  ९८ पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
१७ कार्तिक, सिरीचौर(देउखुर दाङ) / युवाहरुको खेल प्रति रुची बढाउन तथा खेलको विकासका लागि राप्ती गाउँपालिका वडा नं. ३ ले टोलविकास संस्था स्तरिय फुटबल, क्रिकेट र कबड्डी प्रतियोगीताको आयोजना गरेको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवदिले खेलाडिको क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा खेलाडिलाई पुराउने उदेश्यले गाउँपालिका र वडाहरुले नियमित रुपमा खेलकुद प्रतियोगीताको आयोजना गर्दै आएको बताएका छन् ।

आईतवार देखी सुरु भएको प्रतियोगीता फुटबल, क्रिकेट र कवड्डी गरि १३ टिमले सहभागीता जनाएको खेल संयोजक तुला गीरीले जानकारी दिएका छन् ।

कवड्डी खेलमा बसन्तापुर टोलविकास संस्था, खुरुरीया टोलविकास संस्था, बाघढड्डी टोलविकास संस्था र नयाँबस्ती टोलविकास संस्थाबिच प्रतिस्पर्धा चलिरहेको रेफ्रि ईश्वर अधिकारीले बताएका छन् ।

फुटबल खेल नयाँबस्ती टोलविकास संस्था, उत्तर मसुरीया टोलविकास संस्था, खुरुरीया टोलविकास संस्था, बसन्तापुर टोलविकास संस्था, बाघढड्डी टोलविकास संस्थाबिच हुने र क्रिकेट खेल बसन्तापुर ए टोलविकास संस्था, नयाँबस्ती ए टोलविकास संस्था, उत्तर मसुरीया टोलविकास संस्था, बाघढड्डी टोलविकास संस्थाबिच हुने रेफ्रि धनिराम घर्तिले बताएका छन् ।

विजेता खेल समुहहरुलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने वडा सचिव दामोदर पोख्रेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार