आयूर्वेद अस्पताल विजौरीमा धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस मनाइयो

कार्तिक ०९, २०७६  |  १७८ पटक पढिएको  |   साक्षी खबर

कात्तिक ९ गते, बिजौरी
धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीको आयोजनामा शनिबार एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
अस्पतालका निमित्त निर्देशक रामकामेश्वर ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५का सांसद अमरबहादुर डाँगीले आरोग्य रहन आहार, विहारमा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो ‘हामी नेपाली रैथाने खानपिनलाई भुल्दै गएका छौ , त्यसैकारण दिनप्रतिदिन नयाँ नयाँ रोगहरु देखा पर्दैछन्’ । प्रमुख अतिथि डाँगीले नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षाका साथै गाउँ समाजमा गुरुवा, वैद्य, जैसीसँग भएको शिक्षालाई समेत समयानुकुल ढंगले समायोज गर्दै लैजानुपर्ने बताउनुभएको थियो । कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले परम्परागत मूल्य र मान्यताहरुलाई बचाएर राख्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा अस्पतालका निमित्त निर्देशक रामकामेश्वर ठाकुरले विगतमा नेपालमा सरुवा रोगबाट मर्नेको संख्या बढी रहेको तर आहार, विहारमा ध्यान दिन नसक्दा अहिले ८० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताउनुभएको थियो ।

दुइ पत्रकार सम्मानित ः


धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसर पारेर गोेरखापत्रका तुलसीपुर समाचारदाता गोकर्ण पौडेल र र तुलसीपत्र दैनिकका प्रधान सम्पादक दिपक बोहोरालाई सम्मान गरिएको थियो । त्यसैगरी उक्त कार्यक्रममा अस्पतालका कविराज वसन्त रावत, ल्याब असिस्टेन्ट जयप्रकाश वली, वरिष्ठ अनमि दिपकला पुन, लक्ष्मी गिरी, कार्यालय सहयोगी दुर्गाप्रसाद भण्डारी र शोभा चौधरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार