२०७९ माघ १३, शुक्रबार

दुई ट्रक ठोक्किँदा दाङका एक जनाको मृत्यु

चैत्र ०३, २०७५  | १७४४ पटक पढिएको

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ ।

राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस