आईएमई लोक स्टार बन्न शनि विश्वकर्मा भोट माग्दै दाङमा

असोज २९, २०७६  |  १३२ पटक पढिएको  |   साक्षी खबर

– नवीन अभिलाषी
२९ असोज, दाङ / एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आईपुगेका छन् । नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार जना फाईनलमा पुगेका छन् । फाईनलमा प्रवेश गरेका यी चार प्रतिस्पर्धी गायकहरु मध्य एक जना स्टार बन्ने छन् ।

त्यहि स्टार बन्ने कडा प्रतिस्पर्धामा रहेका शनि आफ्नो लागि भोट माग्दै दाङ फर्किएका हुन् । गाउँ फर्किएको अवसरमा शनि विश्वकर्माका आफन्त, शुभचिन्तक र फ्यानहरुले शनि विश्वकर्मा जितऔँ अभियान सञ्चालन गरेका छन् । अभियानले घोराहीमा कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ दाङको सभाहलमा बुधबार आयोजना भएको कार्यक्रममा बोल्दै गायक शनि विश्वकर्माले नेपाली लोक गीतको क्षेत्रमा आयोजना गरिएको यो रियालिटि शोमा आफु फाईनलमा प्रवेश गर्नु महत्वपुर्ण कुरा रहेको बताए । उनले अब स्टार बन्नका लागि धेरै भन्दा धेरै समर्थकहरुको साथ र भोटको आवश्यकता रहेकाले आफु भोट माग्दै दाङ आएको बताए ।

रोल्पा घर भई घोराहीमा अध्ययन गर्दै आएका शनि विश्वकर्मालाई पहिलो लोक स्टार बनाउनका लागि कुनै कसर बाँकी नराखेको कार्यक्रम संयोजक शेरबहादुर डाँगीले बताए । रोल्पा जस्तो दुर्गमको युवा नेपालकै लोक स्टार बनाउनका लागि हामीले धेरै कामहरु गरेका भन्दै डाँगीले भोलि सबैको सहयोग गर्न अनुरोध समेत गरे । भोट माग्दै गायक विश्वकर्माले केहि लोक गीतहरु समेत गाएर सुनाए ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले शनि विश्वकर्माको कला र प्रतिभाबाट आफू प्रभावित भएको बताउँदै सबैले भोट गरेर सहयोग गर्न आग्रह गरे । नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले समेत दाङको सञ्चार क्षेत्रबाट शनि विश्वकर्माको प्रचार प्रसारका लागि काम भैरहेको बताउँदै आफुहरु साथमै रहेको बताए । उनलाई बिजयी बनाउनका लागिL 24 type गरि 37000 मा भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार