मोटरसाईकलको ठक्करबाट साईकल यात्रु घाईते

(तुलसीपुर, २ चैत ),दाङमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रु घाईते भएका छन् । शनिबार दिउसो सवा दुईबजेतिर तुससीपुर १८ बिजौरीमा मोटरसाईकलले ठक्करदिदा तुलसीपुर १९ निवासी १९ बर्षीय गणेश बिक घाईते भएका हुन् ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा३प ५४४७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मोटरसाईकल र चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस