‘दशैँ नबनोस् विकृति र विसंगतिको पर्व’

असोज १८, २०७६  |  २४१ पटक पढिएको  |   साक्षी खबर

दशैको शुभ साइत : २१ गते मँगलवार
टीकाको शुभ साइत : बिहान १०ः३५ बजे
टीका लगाउँदा टीका स्थाप्ने व्यक्ति पूर्व र लगाइ दिने व्यक्ति पश्चिम फर्कने

दशैँ
बडा दशैँ वा विजया दशमी नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्विनशुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका, प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ती महाकाली, महालक्ष्मी र महासरस्वातिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ, यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।

श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा ।।
ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः ।।

(आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ ।)
जे भए पनि दशैं विविधतालाई एकताको सूत्रमा बाँध्ने पर्व हो । दशैं हिन्दु धर्मावलम्बीहरूको मात्रै पर्व भनेर यसमा सांस्कृतिक विचलन ल्याउने प्रयास गरिएको छ । भारतको नक्कल गर्दै दशैं पर्वलाई विजयादशमीमा सीमित राख्ने चेष्टा पनि गरिएको छ । तर नेपालमा दशैं पर्वको सुरुवात राज्यको स्तरबाटै तलेजु भवानीको मन्दिर तथा कुमारी घरबाट गरिन्छ । जसमा बौद्धमार्गीहरूको सहभागिता अपरिहार्य हुन्छ । जीवित देवी कुमारी त शाक्य तथा बज्राचार्य कुलकै हुन् । दशैं कृषिप्रधान संस्कृतिअन्तर्गत कृषकहरूका लागि सबैभन्दा उपयुक्त पर्व हो । अहिले त यसको महत्व पनि उद्योगप्रधान संस्कृति जस्तो भइसकेको छ ।

प्रकृतिको सम्मानको रुपमा दशैको टीका
त्यसैले दशैमा विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे९जिवात्मा०ले धर्ती९पृथ्वी०मा खेती लगाउँदाका रूपमा । धर्ती९पृथ्वी०माताले उपार्जन गरेको अन्नबाली, सागसब्जी खाएर र ओखतीमूलो गरेर हामीबाँचेका छौं ।

धर्तीमाता माथि नै फोहोर–मैला गर्छौं । ज्यादै कष्ट पनि दिन्छौं । यसको बदलामा पृथ्वी मातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वी माताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ ।

टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मान गर्नु र ठुलाले सानालाई आशिर्वाद दिनको लागि हो । आदर, सत्कार, मान सम्मान गर्नु र आशिर्वाद दिन जान्नुपर्दछ, बुझ्नु पर्दछ । दशैं आयो भनेर नयाँ लुगा लगाउने, वर्षभरि सफा नगरेको घर–आँगन, बाटो, पँधेरो सफा गर्ने गरिन्छ ।

शास्त्रीयआधारकोरुपमा दशैको टीका
बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमारा लगाइन्छ । मान्यजनबाट टीका तथा जमारा लगाउँदा निम्न लिखित मन्त्रद्वारा आर्शिवाद दिइन्छ ।

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयौँ राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दु‍र्योधने ।
शौर्यँशान्तंनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो । नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ । यस दृष्टिले दशैं अर्थात विजयको लागि प्रस्थानको उत्सवको उत्सव दशै हो ।

हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेको छ । प्रत्येक व्यक्तिको वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ ।

विकृतिविसंगतिको आधारमा दशै
वर्तमान समयमा दशै मान्ने परम्परामा धेरै विकृति विसंगति भएकोपाइन्छ । स्वस्थ्यवद्र्धक मिठो मसिनो बनाएर खानसिक्नु पर्दछ । जाँडरक्सी र मासुमंसले स्वास्थ्यलाई हानी पुर्याउने भएकोले खानु हुँदैन । जाँडरक्सी र मासुले बुद्धि मोटो बनाउँछ, बुद्धि बिगार्छ । जाँडरक्सी र मासुमंस खानै पर्छ भन्ने छैन । कसैको हत्या नगरी मासु हुँदैन । आफू जस्तै अर्को जीवात्माको हत्या गर्नु राम्रो हैन । वर्षभरी खाने अन्नबाली दशैंमा खर्च गरेर ६ महिनामात्र पुग्ने र त्यसपछि बेसाउन हिड्नु पर्ने अवस्था आउँछ । यसले मान्छेलाई गरिब बनाउँछ । जतिबेला जाँडको घ्याम्पामा हामी नेपाली पसेका थिएनौं , सुगुँर र कुखुराको खोरमा बसेका थिएनौँ, त्यतिबेला हामी सबैनेपाली हरू सुखसम्पन्न थियौं । जाँडरक्सी र मासु नखाने जनजाती राई लिम्बु दलित किरातीहरू आज पनि विद्धानछन् ।

प्रतिक्रिया दिनुहोस