“गाउँ-गाउँमा दक्ष पत्रकार उत्पादन गर्न तयार छौ” – गाउँपालिका


– शरद रेग्मी
१ चैत्र, शान्तिनगर (दाङ) / शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमाङसिङ् डाँगीले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका छन् ।

रिपोर्टस क्लव दाङ शाखाले आयोजना गरेको ३ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन कार्यक्रमकालाई सम्बोधन गर्दे अध्यक्ष डागीले यस्तो बताएका हुन् । उनले दक्ष तथा सक्रिय रेडियो पत्रकार बनेर समाचार लेखनका साथै कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार साथीको रुपमा स्थापित हुनुपर्ने पनि बताए । सञ्चार माध्यम विकास निमार्णको सम्भावना बोकेको क्षेत्र पनि हो, त्यसैले पत्रकारिता जगतलाई मुलुकले राट्रको चौथो अगंका रुपमा स्थापीत गरेको हो, उनले भने ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथिद्वय उपाध्यक्ष मिथिला शाह र प्रमुख कार्यकारी अधिकृत निम बहादुर केसीले जनतालाई सु–सूचित गर्ने काम पत्रकारहरुको भएको भन्दै सत्य र साँचो सूचना प्रवाह गर्नका सबैमा आग्रह गरे । उनिहरुले पत्रकारिता तालिम लिएर त्यसलाई व्यवहारमा उतार्न आग्रह गरे । पत्रकारिता क्षेत्र कठिन र चुनौती पुर्ण पेसा भएको बताउँदै उनले तालिममा सिकेका ज्ञानलाई सजग भएर अहम भुमिका खेल्न सहभागीलाई आग्रह समेत गरे ।

सो अवसरमा बोल्दै आयोजक रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीले आफुहरु गाउँ गाउँमा दक्ष पत्रकार उत्पादन गर्नका लागि लागि परेको बताए । उनले रिपोटर्स क्लवले गाउँ गाउँमा पत्रकारहरु उत्पादन गर्ने तयारी गरिरहेको बताए । रेग्मीले तालिममा सिकेर पत्रकारिता क्षेत्रमा लाग्न चाहनेहरुलाई समेत आफुहरुले जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा अवसर दिने बताए । साथै तालिमको पहिलो दिन मंगलवार कान्तिपुर दैनिकका उप– निर्देशक पत्रकार दुर्गालाले प्रशिक्षण दिएका थिए ।
तीन दिन सम्म सञ्चालन भएको रेडियो उदघोषण तालिममा दाङ जिल्लाका पत्रकारहरु खेमराज रिजाल, शरद अधिकारी, बसन्त आचार्य, नारायण खड्का, नारायणि रजौरे, एभिन्युज टेलिभिजनका कर्णाली ब्युरो प्रमुख दुर्गा रोकाय तालिमको प्रशिक्षकको रुपमा रहेका थिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाह, प्रेस सल्लाहाकार निरास पाण्डे, तालिममा सहभागी सुसन बस्नेत लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस