यौन र पैसाको नशा चढेपछि, मारिदिइन् आफ्नै दुई सन्तानलाई…… !

असोज ०९, २०७६  |  १९४ पटक पढिएको  |   साक्षी खबर

काठमाडौं / मोडलको रुपमा चर्चित भएपछि वेश्यावृत्ति गर्न थालेकी एक २३ वर्षकी आमा लुइस पोर्टोनले आफ्ना २ सन्तानलाई केवल यत्ति कारण मारिदिइन्, किनकि उनलाई आफ्ना ग्राककहाँ जानु थियो । यी निर्दयी आमालाई आजीवन कारावासको सजाय सुनाइएको छ । ती मोडलले अदालतमा आफ्नो अपराध स्वीकार्दै आफ्नो यौनको भोक र व्यापारमा दुई सन्तान बाधा बनेकोले तीन वर्ष र १६ महिनाका दुई छोरीलाई मारिदिएको बताएकी छिन् ।

घटना बेलायतको डर्बिशायरको हो । लुइसलाई आजीवन कारावासको रुपमा ३२ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई अहिले डर्बीशायरको फस्टन हल नकीको लकअपमा राखिएको छ । लुइसलाई यौनको यति लत लाग्यो कि जब उनको एक बच्चा अस्पतालमा मृत्युसँग लड्दै थियो त्यतिबेला पनि उनले आफ्ना एक ग्राहकलाई सहवासको अफर गरेकी थिइन् ।

न्यायाधीशले सजाय सुनाउँदै भने ‘जुन कारणले एक आमाले आफ्ना दुई सन्तानको हत्या गरिन् त्यो एक खराब आत्माको निशानी हो ।’ लुइसका काकाका छोराका अनुसार लुइस कहिल्यै सामान्य बालिका थिइनन् । लुइसकी हजुरआमाको अन्तिम संस्कारपछि उनलाई परिवारबाटै बाहेक गरिएको थियो । लुइसले आफ्नी हजुरआमाको अन्तिम संस्कारमा पनि जान अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार