राष्ट्रियता अडिने एक मात्र आधार जनता हो

असोज ०८, २०७६  |  २२० पटक पढिएको  |   साक्षी खबर

नेपालको राजनीतिमा राष्ट्रियता र लोकतान्त्रीक गणतन्त्रको संरक्षण जस्ता प्रश्न अहं सवालको रुपमा देखिएको छ । राष्ट्रियता र लोकतन्त्र एक अर्काका परिपूरक हुन। वास्तवमा राष्ट्रियता र प्रजातन्त्र दुबै शव्दको एउटा शव्दसँग ज्यादै घनिष्ट सम्बन्ध छ त्यो शव्द हो स्वाधिनता (Liberty) । यो शव्द राष्ट्रियता र प्रजातन्त्र भित्र लुकेको गुट हो । स्वतन्त्रता अथवा स्वाधीनता । प्रजातन्त्र शव्दले व्यक्तिदेखि लिएर समाज, राज्य, राष्ट्रसम्मको सार्वभौम स्वतन्त्रतालाई अंगालेको हुन्छ । तसर्थ प्रजातन्त्रमा राज्य अथवा राष्ट्रको मात्र होइन व्यक्तिको पनि भावना तथा इच्छाको सार्वभौम स्वतन्त्र अभिव्यक्तिको अहं स्थान हुन्छ । त्यसैले प्रजातन्त्रलाई कुनै राजनैतिक पद्धतिको सिंगो चरित्रको रुपमा अंविष्कार गरेको पाइन्छ । तसर्थ मानिसले आफ्नो जीवनमा, परिवारमा, कुनै संस्थामा वा राष्ट्रमा कसरी आफ्नो इच्छालाई सम्वन्धित आम सदस्यहरुको इच्छासँग समन्वय स्थापना गरी सामुहिक इच्छालाई सार्वभौम स्थान दिई कार्य गर्न पाउँछ वा सकिन्छ l त्यसैबाट व्यक्ति परिवार संस्था अथवा राष्ट्रको प्रजातान्त्रिक चरित्र स्पष्ट देख्न सकिन्छ ।

प्रजातन्त्रमा कुनै भेदभाव सम्बन्धित सबै जनताको इच्छा नै सार्वभौम र शक्तिशाली हुन्छ । मानिस एक सामाजिक प्राणी हो । ऊ परिवार, समाज, राष्ट्रको सदस्यको हैसियतले बसिरहेको, बोलिरहेको हुन्छ । कहिले काहीँ त्यसको इच्छा, विचार, आम सदस्यहरुको इच्छा विचारसँग मेल नखान सक्छ । एउटै संघ, संस्था, समाज अथवा राष्ट्रका सदस्यहरुकोबीच अन्तर वा द्वन्द्व भएमा त्यस अन्तरद्वन्द्वलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न विभिन्न प्रकारको इच्छा, विचारलाई तुलनात्मक अध्ययन, मनन गरी बहुमतकै निर्णयलाई सबैले स्वीकार गर्ने परम्पराको विकास गर्नुपर्दछ । किनकि मानिस एक चेतनशील प्राणी हो त्यसैले समाज, राष्ट्रमा बस्ने सबैको इच्छा विचार एकै नहुन सक्छ र ती सबैले आ–आफ्नो इच्छा विचार अरु माथि जबर्जस्ती थोपार्न वा लाद्न खोज्दा निरंकुशताको जन्म हुन्छ । प्रजातन्त्र स्वतः समाप्त हुन्छ । त्यसैले भन्ने गरिन्छ प्रजातन्त्र बिना राष्ट्रियताको विकास संभव छैन । त्यसैले प्रजातन्त्रको विकास गर्नुपर्दछ । नेपालको प्रजातन्त्रले नेपाल राष्ट्रियताको विकासलाई आधार दिनुपर्दछ । यही समायिक हो । हाम्रो देशको सन्दर्भमा प्रजातन्त्र अपेक्षाकृत नयाँ व्यवस्था जस्तो देखिएता पनि नेपालमा प्रजातन्त्रको बिकास र अभ्यास भएको ईतिहास लामो भैईसकेको छ । यहा प्रजातन्त्र प्राप्तीका लागि धेरै राजनैतिक आन्दोलन भैईसकेका छन् । राष्ट्रियता हाम्रो इतिहास परम्परादेखिको आधार र संस्कार हो, तर आजको सन्दर्भमा राष्ट्रियता र प्रजातन्त्रलाई एक अर्काको परिपूरक रुपमा विकसित हुनुपर्नेमा हुन सकेको छैन् । राष्ट्रियता , प्रजातन्त्र लोकतन्त्रलाई संगसंगै लैजानुपर्दछ ।

हाम्रो राष्ट्रको विगतको लामो इतिहाससम्म समाजका अग्रणी, प्रवुद्ध, वीर र निर्माताहरुको नेतृत्वमा राज्य सञ्चालन हुन्थ्यो । उनीहरुले यो एउटा राष्ट्र कायम गरे, उनको देशभक्ति र दूरदर्शीताकै आजको राष्ट्रियताको जग हो । उतिबेलाका केही प्रवुद्धहरुको ठाउँमा अव त सम्पूर्ण जनसमुदाय नै प्रवुद्ध र सजग भइसकेको अवस्था छ । सबैलाई समान अधिकार प्राप्ति छ । राष्ट्रियतालाई प्रजातन्त्रको परिवेश दिनुपरेको छ । त्यो त्यति सहज सरल छैन त्यसैको कारण प्रजातन्त्रले सहज गति लिन समय लागेको छ ।

अचेल विकसित राष्ट्र होऊन् वा विकाशोन्मुख राष्ट्र सबै देशको चिन्तन र प्रकृति आ–आफ्नो राष्ट्र स्वार्थबाट निर्दिष्ट देखिन्छ । त्यसैले नेपालले पनि आफ्नै पद्धतिको विकास आफ्नै राष्ट्रियता बलियो बनाउने दृष्टिकोणले गराउनु पर्दछ । राष्ट्रियता र प्रजातन्त्रलाई एक अर्काका परिपूरक भनिए तापनि नेपालको राष्ट्रियता स्वार्थको लागि नेपालको प्रजातन्त्र एक साधन हो अन्तिम लक्ष्य त राष्ट्रियता हो ।

राष्ट्रियता अडिने एक मात्र आधार जनता हो । राष्ट्रप्रति जनताको समान निष्ठा र भक्तिको अपेक्षा गरिन्छ । प्रजातन्त्रमा मात्रै जनतालाई समान अधिकार र दायित्व समान हुन्छ । नेपालको प्रजातन्त्र नेपाली राष्ट्रियता सापेक्ष हुनुपर्दछ । प्रजातन्त्रको मूलभूत सिद्धान्त सवैतिर समान रुपले नै स्वीकारेका छन् तर त्यो लागू हुने क्षेत्र भने देशका रुपमा बाँडिएको छ । तसर्थ प्रजातन्त्र आ–आफ्नो देशको राष्ट्रियता र संस्कृतिको विकासको प्रवद्र्धकको रुपमा हुनुपर्दछ ।
त्यस दृष्टिले यहाँ राष्ट्रियताको विकास गर्न अझै संघर्ष गर्नुपर्नेछ । कुनै समयमा थियो संसारका देशहरुमा सैद्धान्तिक निष्ठामा अडिने सिद्धान्तवादीहरु थिए, तर अहिले सिद्धान्तभन्दा स्वार्थ प्रवल भएर उपस्थित भएको छ । राष्ट्रियताप्रतिको चिन्तन फरक भएको छ ।

अचेल विकसित राष्ट्र होऊन् वा विकाशोन्मुख राष्ट्र सबै देशको चिन्तन र प्रकृति आ–आफ्नो राष्ट्र स्वार्थबाट निर्दिष्ट देखिन्छ । त्यसैले नेपालले पनि आफ्नै पद्धतिको विकास आफ्नै राष्ट्रियता बलियो बनाउने दृष्टिकोणले गराउनु पर्दछ । राष्ट्रियता र प्रजातन्त्रलाई एक अर्काका परिपूरक भनिए तापनि नेपालको राष्ट्रियता स्वार्थको लागि नेपालको प्रजातन्त्र एक साधन हो अन्तिम लक्ष्य त राष्ट्रियता हो ।

नेपालको राष्ट्रियताप्रति सम्पूर्ण नेपालीको समान निष्ठा र भक्तिमा अडिएको छ । त्यसबाहेक अझ कुनै आधार हुन सक्दैन । ठूला शक्तिहरुको सन्तुलनमा आफ्नो अस्तित्व सुरक्षित राख्न संसारका साना देशहरुको भूमिका रहेको छ । तर ठूला शक्तिहरुको आफ्नो स्वार्थ मिल्दा वा बाझिदा कमजोर छिमेकीलाई कसैले ध्यान दिदैनन् । त्यसैले नेपालले आफ्नै भरमा, आफ्नै संस्कृति अनुसारको राष्ट्रियताको विकास गर्नुपर्दछ यही नै नेपालको लागि सही मार्ग हो । प्रजातन्त्र सिद्धान्त मात्र नभएर जीवन पद्धति हो । जव प्रजातन्त्र जीवन पद्धति बन्न पुग्छ तव लोकतन्त्र सफल हुन्छ । राष्ट्रियता र लोकतन्त्र एक अर्काका परिपुरक हुन ।

लेखकः सुचनापत्र साप्ताहिकका प्रकाशक तथा सम्पादक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस