२०७९ माघ १३, शुक्रबार

तुलसीपर उपमहानगरद्वारा तीन वटा एम्बुलेन्स खरिद

चैत्र ०१, २०७५  | १३३२ पटक पढिएको

१ चैत्र, तुलसीपुर / दाङको तुलसीपर उपमहानगरपालिकाले तीन वटा एम्बुलेन्स खरिद गरेको छ । चालुआर्थिक बर्षभित्र आठवटा एम्बुलेन्स खरिद गर्ने लक्ष्य लिएको उपमहानगरपालिकाले भर्खरै तीनवटा एम्बुलेन्स भित्र्याएको छ ।

खरिद गरिएको एम्बुलेन्सलाई वडा नं. १, १३ र १९ मा रहेका स्वास्थ्य संस्थालाई वितरण गरिएको उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । उनका अनुसार पहिलो चरणमा विकट क्षेत्रमा ति एम्बुलेन्स प्रदान गरिएको हो । साथै अन्य वडाका लागि पनि खरिद प्रक्रिया अघि बढेको उनले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस