तीज नृत्य प्रतियोगितामा शिखा सुनार प्रथम

भदौ ११, २०७६  |  १६० पटक पढिएको  |   साक्षी खबर

– दिप्तीशिखा चौधरी
११ भाद्र, दंगीशरण / तीज नृत्य प्रतियोगितामा शिखा सुनार प्रथम स्थान हासील गरेकि छिन् । दंगीशरण गाउँपालिका वडा नं. ५ ले आयोजना गरेको तीज विशेष नृत्य प्रतियोगितामा सुनारले प्रथम स्थान हासील गरेकि हुन् । १४ बर्षीय सुनारले दंगाली गायीका सिन्धु मल्लको “चिटीक्कै भाछु रे” बोलको गितमा नृत्य प्रस्तुत गरेकि थिईन् । यस्तै प्रतियोगितामा पवित्रा बि.क.को टिमले दोस्रो स्थान हासिल गरेको थियो भने कमला परियार तृतिय स्थान हासिल गरेकि थिईन् ।

यस्तै युवा कल्वको सामुहिक नृत्यले सान्त्वना स्थान हासिल गरेको थियो । प्रतियोगिहरुलाई पुरस्कार स्वरुप नगद रुपैँया क्रमशः १७ सय, १२ सय ७५ रुपैँया, ८ सय ५० रुपैँया र ४ सय २५ रुपैँया हस्तानतरण गरिएको थियो । प्रतियोगिहरुलाई गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र वडा अध्यक्ष दिपक गौतमले हस्तानतरण गरेका हुन् ।

सो अवसरमा शुभकामना दिदंै प्रदेश सभा सदस्य धमकली चौधरीले तीज पर्व देखाउन नभएर परम्परा र धर्म अनुशार मनाउँनुपर्ने बताईन् । यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले चाड पर्वहरु धर्म र मान्यता संग जोडिएका कारणले पनि यसलाई सामाजिक परम्परा अनुशार मान्नुपर्ने बताए ।

महिलाहरुको महान पर्व संगसंगै दु.ख, सुख बाँड्ने दिनको रुपमा मनाईने यो पर्वलाई आत्मीय सहिस्णुताका साथ मनाउँन आग्रह गरे । तीज पर्व सभ्य र सामाजीक सद्भावका रुपमा मान्नुपर्ने भन्दै शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरुको विशेष पर्व तीजलाई मर्यादित र भड्किलो रहित तरकिाले मनाउँन आग्रह गरिन । पर्वमा गहना प्रदर्शन भन्दा पनि धर्म, सस्ंकारलाई भुल्न नहुने कुरामा जोड दिईन् । घाँटि हेरेर हाड निल्नु पर्छ भन्दै उपाध्यक्ष खड्काले सामाजिक मुल्य मान्यतालाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह गरिन् ।

सो अवसरमा नेकपाका महिला नेतृ सिमा न्यौपाने, विमला वली, राधिका परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा नं. ५ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको तिज बिशेष कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम चौधरी र रमीता चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार