एन प्याव्सन दाङको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न

भदौ ०५, २०७६  |  ४६० पटक पढिएको

– बिमल गौतम
५ भाद्र, तुलसीपुर / एन प्याव्सन दाङको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सन दाङमा आवद्द १५ विद्यालयका २६ जना सहभागी भएको प्रतियोगितामा पव्लिक एजुकेसन एकेडेमी देउखुरीका मेलिना पुन प्रथम, राप्तिवाल एकेडेमी तुलसीपुरका सदिक्षा पोख्रेल द्वितिय, ज्ञान ज्योति मावि तुलसीपुरका अनु वलि तृतिय र डिभाईन टेम्पल एकेडेमी तुलसीपुरका तिला कँवर सान्त्वना हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम र द्वितिय हुने विद्यार्थीहरु भाद्र १३ गते एन प्याव्सन प्रदेश नम्वर ५ ले बुटवलमा आयोजना गरेको गायन प्रतियोगितामा सहभागी हुने छन् । एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर बुढाथोकीको अध्यक्षता, एन प्याव्सनका पुर्व केन्द्रीय सदस्य गुणाखर ढकालको प्रमुख आतित्थ्यता तथा रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको विशिष्ट आतित्थ्यता भएको गायन प्रतियोगिता उदघाटन कार्यक्रमा बोल्ने वक्ताहरुले विभिन्न खाले अतिरिक्त क्रियाकलापले विद्याथिहरुमा अन्तर निहित प्रतिभा उजागर हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले बालबालिकाहरुको क्षमता विकासका लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेकोमा जोड दिए । उनले पछिल्लो समयमा बालबालिकाहरुमा पढाइ तर्फ ध्यान कम जान थालेको भन्दै यस्ता खालका अतिरिक्त क्रियाकलापले पढाइमा उत्साह थप्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि रेग्मीले एन प्याव्सनले जिल्लामा विभिन्न कार्यक्रमहरु गरेर बाल बालिकाहरुमा भएको क्षमताको पहिचान गर्ने गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । रेग्मीले गायन तथा नृत्यले उनिहरुको व्यतित्व समेत विकास हुने बताए । प्रतियोगिताको निर्णायकमा वरिष्ठ गायक बच्चु कैलास र दोहरी गायक नारायण लामिछाने रहेका थिए ।

एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा धन्यवाद उपाध्यक्ष भोजराज न्यौपानेले गरेका थिए भने सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार