२०७९ माघ १३, शुक्रबार

दंगीशरणमा कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षामा ८ केन्द्र निर्धारण

फागुन २८, २०७५  | १६७३ पटक पढिएको

दिप्तीशिखा चौधरी,

दंगीशरण,२८

दंगीशरण गाउँपालीका अन्र्तगत कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको तयारी पुरा भएको छ । यस क्षेत्रका ८ वटा बिद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा शाखा दंगीशरणले जनाएको छ । परीक्षा हुने केन्द्र श्री सिद्ध पृथ्वी जनता माध्यमिक बिद्यालय श्रीगाउँ, विरेन्द्र माध्यमिक बिद्यालय हेकुली, माध्यमिक बिद्यालय हेकुली,भानु माध्यमिक बिद्यालय प्रसडुवा, हिमालय ईङ्लीस बोर्डिङ्ग स्कुल हेकुली,मोडन गोल्डेन स्टार एकाडेमी वागर, बबई पब्लीक बोर्डिङ्ग स्कुल गोल्टाकुरी,सदावहार ज्ञान कुञ्ज रावतगाउँ गरी ८ वटा सामुदायीक र सस्ंथागत बिद्यालयमा परिक्षा केन्द्र तोकीएको शिक्षा शाखाका प्रमूख चक्र बहादुर भण्डारीले जानकारी दिए ।

बिद्यार्थीहरुलाई पायक पर्नेगरी केन्द्र तोकिएको प्रमूख भण्डारीले जनाए । गाउँपालिकामा ७ वटा सामुदायिक र ७ वटा सस्ंथागत गरि जम्मा १४ वटा बिद्यालय रहेका छन् । परीक्षामा १४ वटा बिद्यालयका ३ सय ९४ जना बिधार्थीहरु सहभागि हुनेछन् । गाउँपालिका स्तरीय ८ कक्षाको परीक्षाका लागि उत्तर पुस्तीका,प्रश्न पत्र छपाईको सम्पूर्ण काम पूरा भएको परिक्षा समितीका सदस्य सचिव अनील के.सी.ले जानकारी दिए । गाउँपालिका स्थायी माध्यमिक विद्यालय तृतीय श्रेणी र निम्न माध्यमिक विद्यालय द्धितीय श्रेणीका शिक्षकहरु लाई केन्द्राध्यक्षमा नीयूक्ती गरीएको छ ।

केन्द्राध्यक्षमा ८ जना शिक्षकलाई केन्द्राध्यक्षमा नियूक्ती गरिएको सदस्य सचिव के.सी.ले जनाएका छन् । परिक्षालाई मर्यादित र भएरहित बातावरणमा सफल पार्न अनुगमनलाई तिव्रता दिईने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीे बताए । परिक्षालाई मर्यादित र अनुशासीत बनाउन सबैले आ—आफनो ठाउँ बाट भूमीका खेल्नुपर्ने उनले बताए । चैत्र १ गते देखि शुरु भएको परिक्षा चैत्र ११ गते सकिनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस