“प्रतिष्ठानले सल्लाहकार र सचिवालय गठन गर्यो”

साउन ३२, २०७६  |  ३२४ पटक पढिएको

– प्रेम विवश घर्ती मगर
३२ साउन, दाङ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको नयाँ कार्यसमितिको पहिलो बैठक आज (शनिबार) घोराहीमा सप्पन्न भएको छ ।

गत २७ गते सम्म्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले अधिवेशनमा विभिन्न तह र तप्काबाट सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै बैठकले सल्लाहकार र सात सदस्यीय सचिवालय पनि गठन गरेको छ । जस अन्तर्गत सल्लाहकारहरुमा ध्रुव भारी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, मीन राज वलि, तारा पुरी, गिरिराज सुवेदी, कमला लम्साल भारती, यादव नाथ योगि, महेन्द्र बुढाथोकीलाई चयन गरेको छ भने संरक्षकमा वलिभद्र राना र कानुनी सल्लाहकारमा घनश्याम थापालाई राखेको छ ।

त्यस्तै बैठकले राजेन्द्र दाहाल, प्रेम शर्मा, काशिराम केसी, लक्ष्मण खनाल, विमला खड्का, प्रकाश कुमार अधिकारी र चाहना झाँक्री सहितको सात सदस्य सचिवालय गठन गरेको प्रतिष्ठानका प्रवक्ता प्रेम विवश घर्ती मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार