२०७९ माघ २४, मंगलबार

पढाईलाई प्रभावकारी वनाउन इजिआरपि अभियान सुरु

फागुन २८, २०७५  | १४१२ पटक पढिएको

अञ्जना चौधरी
नेपाल सरकार,संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार मिलेर सामुदायिक विद्यालय र सबै विद्यालय तहको पढाईलाई प्रभावकारी बनाउनको लागि इ जि आर पि लगाएतका विभिन्न अभियानहरु अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बताएका छन ।
सरकारले लगानि गरे अनुसारको पढाईको गुणस्तर र सिकाईको अवस्था तुलनात्मक रुपमा कमजोर रहेको बताउदै उनले सरकारी विद्यालयमा यसको बढि प्रभाव परेको कारण यस्ता खालको योजना अघि सारेको बताए । 

शिक्षा विज्ञान तथा प्रविधिक मन्त्रालयको आयोजनामा रमाइलो पढाई,दिगो सिकाई, कक्षा एक, दुई, तिनका बालबालिकालाई भन्ने नाराका साथ मंलवार सेन्टर मावि तुलसीपुरमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई मेला कार्यक्रममा उनले यस्तो बताएका हुन । मेयर पाण्डेले प्रारम्भिक तह भनेको शिक्षाको जग भएकाले तल्लो कक्षाको पढाई कमजोर भए माथिल्लो कक्षामा जति कोशिष गरे पनि राम्रो नहुने बताउदै पढाईलाई गुणस्तर बनाउने प्रमुख शिक्षक भएकाले तल्नो तह देखी पाठ योजना पाठ् सामाग्री बनाएर पढाईको जग बलियो बताउन तर्फ लाग्न शिक्षक, शिक्षिकाहरुलाई आग्रह गरे । त्यस्तै उनले अभियानले पनि आफ्ना बालबच्चाको पढाईको विषयमा चासो व्यक्त गर्ने घरमा पढ्नको निम्ति उपयुक्त स्थानको व्यवस्था गरिदिन आग्रह गरेका छ्न । मेयर पाण्डेले विद्यार्थीहरुलाई कराएर प्रष्ट वोलेर पढ्न आग्रह गरे । यसरी आवाज निकालेर पढेमा दिमागमा छिटो बस्ने बताए । संगसंगै उनले पढाई, सिकाईलाई सुधार गर्ने हो भने पढाई लेखाई संगै संगै अभ्यासको पनि पुर्ण भुमिका रहने बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी माया आचार्यले राज्यले शिक्षा क्षेत्रको सुधारको लागि लगानी गरेको बताईन । कार्यक्रममा शिक्षा समितीका संयोजक देवराज विश्वकर्मा वडा नं ६ का अध्यक्ष नवराज लामिछाने, पदमप्रसाद न्यापाने मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेल लगायतले बोलेका थिए ।

मावि सेन्टरका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका मेनका भण्डारीले गरेकी थिइन भने कार्यक्रमको सहजीकरण शिक्षिका रमा आचार्यले गरेकी थिइन ।  कार्यक्रममा प्रमुख अथिति, विशिष्ट अतिथि लगायतले विद्यार्थीहरुले बनाएका सामग्रीहरुको अवलोकन समेत गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस