२०७९ माघ १३, शुक्रबार

पललाई किन चाहियो तरण आदर्श ?

फागुन २७, २०७५  | २५८३ पटक पढिएको

 

म्यूजिक भिडियो हुँदै फिल्म दुनियाँमा प्रवेश गरेका अभिनेता पल शाह फिल्म ‘शत्रु गते’ रिलिजको एक वर्षपछि पर्दामा फर्किँदैछन् । उनी अभिनीत नयाँ फिल्म ‘वीरविक्रम २’ आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । यसका निर्देशक मिलन चाम्स हुन् । यो फिल्म रिलिजभन्दा अगाडि उनी ‘वितेका पल’ फेम निर्देशक सुरज सुब्बा नाल्बोको फिल्म ‘हृदय भरी’ गर्दैछन् । शहरिया युवापुस्तामा लोभलाग्दो क्रेज भएका उनले सामाजिक सञ्जालमा बेला बखतमा मनको ‘भडास’ पोख्ने गरेका छन् । केही हप्ता अगाडि फिल्म ‘दाल भात तरकारी’ को पहिलो गीत ‘भिजिट भिषा’ सार्वजनिक कार्यक्रममा अभिनेत्री आँचल शर्माले पत्रकारसँग माफी मागेपछि उनको समर्थनमा फेसबुकमा स्टाटस लेख्दै पल पत्रकारविरुद्ध खनिएका थिए ।तर, आँचललाई समर्थन गरेर पलले पत्रकारमाथि भएभरको रिस खन्याउनुलाई कसैले आश्चर्यजनक रुपमा लिएनन् । किनभने, केही वर्षयता उनीहरु प्रेममा रहेको चर्चा छ ।

उनको फेसबुक स्टाटसले पत्रकारविरुद्ध खनिएर आँचलप्रति प्रेम दर्शाएको कतिपयको विश्लेषण थियो । आँचलले आफूलाई समर्थन गरेको भन्दै पललाई धन्यवाद पनि दिएकी थिइन् ।यसबीच, पलले फेरि फेसबुक स्टोरीमार्फत् कसैप्रति घुमाउरो भाषामा चोटिलो प्रहार गरेका छन् । उनले शनिबार दिउँसो फेसबुक स्टोरीमा लेखेका छन्, ‘तरण आदर्श नभएको देश नेपाल । नेपाली फिल्म इन्डस्ट्रीको प्रगति हुँँदैछ । जय नेपाल ।’ उनको यो प्रहार कोप्रति लक्षित थियो ? अनुमान लगाउन घोत्लिनै पर्छ । बताइदिउँ कि, तरण भारतका नामी फिल्म समीक्षक र ट्रेड एनालिस्ट हुन् ।

उनले बलिउडका सम्पूर्ण फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने गर्दछ । के त्यसो भए पलले कुनै नेपाली फिल्मको बक्सअफिस रिपोर्ट जान्न चाहेका हुन् ? अहिले हलमा उनका प्रतिस्पर्धी अभिनेता मानिने अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ प्रदर्शनरत छ । यो फिल्मको तीन दिने कलेक्सन रिपोर्ट सार्वजनिक भए पनि त्यसपछि निर्माण टिमले लुकाउँदै आएको छ ।अपेक्षाकृत व्यापार गर्न नसक्नु र समीक्षकको नजरमा पनि खरो उत्रन नसकेपछि अहिले केही फिल्मकर्मीहरुले घुमाउरो शैलीमा सामाजिक सञ्जालमार्फत् यो फिल्मप्रति व्यंग्य गरिरहेका छन् ।

पलले पनि अनमोललाई नै निशाना बनाएका त होइनन् ? अनुमान काट्न सकिन्छ । तर, पलजी, ‘वीरविक्रम २’ रिलिजको बेला अरुले तरण आदर्श खोजे भने चाहिँ के हुन्छ नी ?

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस