इथियोपियामा भएको विमान दुर्घटनामा एकजना नेपाली सहित १ सय ५७ जनाको मृत्यु


इथोपियामा आज भएको विमान दुर्घटनामा परी एक नेपालीको निधन भएको छ।

इथोपियाका राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्समा बिमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित १ सय ५७ जनाको मृत्यु भएको थियो। सो विमान दुर्घटना परि ३३ देशको नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ।
‘बिमान दुर्घटना परेका नेपालीको को हुन खुल्न सकेको छैन’ गैर आवासीय नेपाली संघ केन्याका अध्यक्ष कृष्ण भट्टले नेपालखबरसँग भने, ‘इथोपियामा रहेका नेपालीहरुसँग सम्पर्क गरेका छौ। केन्याका विमानस्थलमा पनि सोधखोज गर्यौी। एक नेपाली पनि विमानमा दुर्घटना परेको मात्रै खुलेको छ। नाम खुल्न सकेको छैन।’

सो विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन्। त्यसैगरी इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन्। राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस