२०७९ माघ १३, शुक्रबार

खण्डहर बन्दै युद्ध पर्यटन

फागुन २२, २०७५  | १९३२ पटक पढिएको

 

नेपाल सरकारले युद्ध पर्यटनका रुपमा विकाश गर्ने भनिएको तुलसीपुर उपमहानगरपालिका–१९ सक्राम स्थित दिर्घस्मृति जनमुक्ति सेनाको सक्राम व्यारेक दिनदिनै खण्डहर बन्दै छ । शान्ति प्रक्रियासंगै नेपाल सरकारले करोडौं रुपैया खर्च गरेर कम्तिमा २ हजार जनमुक्ति सेनाका लागि बनाएको व्यारेक संरक्षण विहिन भएपछि त्यहां रहेका बांकि भौतिक संरचना पनि जिर्ण भैसकेका छन् । त्यहा रहेका काम लाग्ने खालका पानी ट्यांकी, नचुहिने टिन तथा सड्न नपाएका काठहरु चोरी भैसकेका छन् । सो व्यारेकमा जनमुक्ति सेना विसं २०६४ सालदेखि विसं २०६८ सालसम्म कम्तिमा ४ बर्ष बसेका थिए ।
तात्कालिन माओवादी जनमुक्ति सेनालाइ समायोजन तथा स्वेच्छिक अवकास पछि जवान आवास, कार्यालय कक्ष, स्नानगृह, भान्सा घर, सौचालय, खेलमैदान तथा

युद्धअभ्यास गर्ने सुविधा समेत भएको व्यारेकलाइ युद्धपर्यटनका रुपमा विकाश गर्ने भन्दै नेपाल सरकारले विसं २०६८ सालदेखि शसस्त्र प्रहरीलाई त्यसको सुरक्षा र संरक्षण गर्ने जिम्मा दिएको थियो । तर नेपाल सरकारको निर्णय अनुसार शसस्त्र प्रहरी प्रधान कार्यालयले व्यारेकको संरक्षणको जिम्मा स्थानिय तहलाई सुम्पिंदै जिर्ण अवस्थामा रहेको व्यारेक यहि फागुन १ गते तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि अहिले व्यारेक वेवारीसे जस्तै भएको छ । व्यारेक उपमहानगरपालिकालाई हस्तान्तरण भएको करीव तीन साता पुगिसकेको छ, तर त्यसको संरक्षणका लागि उपमहानगरपालिकाले कुनै प्रयास थालेको छैन ।
व्यारेक सन्चालनमा आउदा स्वदेशि तथा विदेशि द्धन्द्ध विश्लेषकहरु तथा द्धन्द्ध व्यवस्थापनका अध्येताहरुका लागि पनि गन्तव्य स्थल बन्दै आएको थियो । तर संरक्षणको अभावमा ती संरचनाहरु समाप्त प्राय हुन थालेका छन् । धार्मिक एवं पर्यापर्यटकिय स्थलमा समेत प्रयाप्त सम्भावना बोकेको सो स्थानलाई गएको स्थानिय तहको निर्वाचनमा वडा नंवर १९ को निर्वाचित प्यानलले शान्ति पार्कका रुपमा विकाश गर्ने समेत चुनावी प्रतिवद्धतापत्रमा उल्लेख थियो । तर निर्वाचित भैसकेपनि निर्वाचित जनप्रतिनिधिहरु कसैको पनि त्यसमा ध्यान जान सकेको छैन ।
‘व्यारेकलाई शान्तिको उद्गम स्थल तथा युद्धपर्यटनको गन्तव्य बनाउने आशा थियो, तर राज्य पक्षबाट भएको वेवास्ताका कारण तात्कालिन जनमुक्ति सेनाको व्यारेक खण्डहर बन्दै गएको छ’ स्थानिय तहबाट गठित व्यारेक भौतिक संरचना संरक्षण तथा व्यवस्थापन समितिका सचिव विभिषण रोकाले गुनासो गरे । व्यारेकका धेरै संरचनाहरु कामै नलाग्ने भैसकेको भन्दै बांकि रहेका केहि संरचनाहरुको संरक्षणमा आफुहरु लागेपनि स्थानिय सरकारबाट कुनै सहयोग नपाएको उनको गुनासो थियो । ‘नगरपालिकालाई यो विषयमा ध्यानाकर्षण गराउंदा वडालाई समन्वय गर्न भनिएको भन्छन्, वडामा जांदा नगरपालिका तर्फ तेछर््याइदिन्छन्, यसले निराशा मात्रै छाएको छ’–रोकाले भने । तैपनि यो तीन साताको बीचमा १९ नम्बर वडाका वडा सदस्य केशरवहादुर पुनको अध्यक्षतामा स्थानिय ४ वटा टोल विकाश संस्था, लामाखोला महिला सामुदायिक वन उपभोक्ता समुह र स्थानिय जन देउराली क्लवको सामुहिक प्रयासमा एउटा संरक्षण समिति बनाइएको छ । समितिले तिन जना दिउसो १ जना र रातमा २ जना चौकिदार पनि व्यारेकमा खटाएको छ । यद्यपि चौकिदारलाइ तलव खुवाउने नियमित श्रोत भने जुटेको छैन । तर यता १९ नम्बर वडाले उपमहानगर पालिकासँग उक्त हेरालुका लागि पारिश्रमिक माग गरेको वडा सदस्य केशर वहादुर पुनले जानकारी दिएका छन् । उक्त चौकीदार (हेरालु) का स्थानिय स्तरमा गठित समितिले सो स्थानलाइ धार्मिक पर्यटकिय क्षेत्र, सुविधासम्पन्न वनभोज स्थल, वाल उद्यान, खेलमैदान र मिनि जु का रुपमा विस्तार गर्ने सोंच बनाएको छ । तर त्यसका लागि गुरुयोजना र श्रोत समितिसंग छैन । यो अवस्थाले सक्राम व्यारेकलाई युद्ध पर्यटनका रुपमा विकाश गर्ने स्थानियबासीको सपना अधुरै रहेको छ ।

युद्ध संग्रहालयको नारा मात्रै
यसैबीच स्थानिय निर्वाचनमा विजयी भएलगत्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो जनमुक्ति सेनाको व्यारेकलाइ युद्ध संग्रहालय बनाउने उद्घोष गरेका थिए । साथै साक्षीखवर पत्रिकासंग गत बर्षको चैत महिनामा कुरा गर्दै उनले यो विषयमा विभिन्न निकायहरुसंग कुराकानी चलिरहेको बताएका थिए । तर एक बर्ष सम्म पनि उपमहानगरपालिकाले यसका विषयमा कुनै आधिकारिक कार्यक्रम ल्याएको छैन । यो अवधिमा उपमहानगरपालिकाले विकास बजेटका नाममा करोडौं रुपैया खर्च गरीसकेपनि चालु आर्थिक बर्ष सक्राम व्यारेकको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनमा कुनै कार्यक्रम ल्याएन र एक रुपैया पनि बजेट विनियोजन गरेन ।

उपमहानगरपालिकाले व्यारेकलाइ आफ्नो स्वामित्वमा ल्याएको पनि अहिले करिव महिनादिन पुग्न लागेको छ । ‘व्यारेकलाइ राष्ट्रिय क्रान्ति संग्रहालयका रुपमा विकाश गर्ने तयारी भैरहेको छ’, नगरप्रमुख पाण्डे भन्छन्, युद्ध अध्ययन, युद्ध पर्यटन र ऐतिहासिक युद्धस्थलका रुपमा तात्कालिन व्यारेकलाइ संग्रहालयका रुपमा पुर्ननिर्माण गरीने छ ।
यद्धपि यसको संरक्षण र व्यवस्थापनका विषयमा स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकार कसैले पनि आधिकारिक गुरुयोजना बनाउन सकेका छैनन् । यो अवस्थाले यस्ता ऐतिहासिक स्थलहरु विस्तारै हराउंदै जाने छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस