कर्णाली प्रदेशमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा आँखा उपचार सेवाबारे छलफल


तुलसीपुर,

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुर –४ रक्षाचौर दाङले कर्णाली प्रदेशमा बाँकी रहेका मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा आँखा उपचार सेवाको अवधारणा ल्याएको छ ।
सामाजिक विकास मन्त्रालय र नेपाल नेत्रज्योति संघ, आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज र अन्य साझेदारी संस्थाहरुको संयुक्त सहकार्यबाट अगामी चार वर्ष भित्र कर्णाली प्रदेशलाई मोतिविन्दु मुक्त ( क्याट्रेक व्याटलक )प्रदेश बनाउने साथै दृष्टिविहिन्ता, दृष्टिदोष र आँखाको समस्यालाई उचित उपचारको माध्यमबाट न्यूनिकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाल नेत्रज्योति संघ का केन्द्रिय सदस्य एवं कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीले जानकारी दिएकाछन् । सोही कार्यक्रम अन्र्तगत अन्तरक्रिया कार्यक्रम तथा मन्त्रालयमा अवधारणा पत्र पेश गरिएको छ ।

नेपाल नेत्रज्योति संघ का केन्द्रिय सदस्य एवं कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीको अध्यक्षता प्रदेशका सामाजिक विकाश मन्त्री दलबहादुर रावलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै मन्त्री रावलले संघले ल्याएको अवधारणा जनपक्षीय भएको बताए । उनले प्रदेशमा जनता स्वस्थ नभएसम्म समृद्धिको कल्पना गर्न नसक्ने भन्दै त्यसमा पनि आँखा जस्तो संवेदनसिल क्षेत्रलाई पहिलो प्रथामीक्तामा राखेर काम गर्ने बताए । ‘चार बर्ष होइन सकिन्छ भने दुई बर्षमै मोतिविन्दु मुक्त प्रदेश गराउने गरी सहकार्यगरी अगाडी बढौ, यस प्रदेशमा विशेषज्ञ सेवा दिने किसीमको आँखा अस्पतालपनि स्थापना गरौ –मन्त्री रावलले भने । उनले आगामी बर्ष कर्णाली प्रदेशमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया तथा आँखा उपचार सेवा सञ्चालनका लागि दुईकरोड रकम छुटाउने पनि बताए । रावलले कर्णाली प्रदेशमा जनतालाई उज्यालो प्रदान गर्ने यस कार्यक्रम र पेश अवधारणा पत्र अनुरुप काम गर्ने समेत बताए ।
कार्यक्रममा बोल्दै संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक गिरीले नेपाल नेत्रज्योति संघ अन्र्तगत सञ्चालन भएका अस्पताहरुले स्थापना काल देखि हाल सम्म २५ लाख बढीलाई उपचार सेवा र १ लाख ६६ हजार जनाको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि दिएको भन्दै अव कर्णाली प्रदेशमा पनि प्रदेश सरकार संग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्न आफुहरुलागेको बताए । उनले पैसाको अभावका कारण कोहीकसैले पनि उपचार सेवाबाट बन्चीत हुन नदिन र कर्णाली प्रदेशमा जनतालाई सेवा दिन आफुहरु लागेको भन्दै प्रदेश सरकारको सहयोगबाटमात्र मोतिविन्दुको निःशुुल्क शल्यक्रियाका साथै दृष्टिविहिन्ता, दृष्टिदोष र आँखाको समस्यालाई उचित उपचारको माध्यमबाट न्यूनिकरण गर्न सकिने बताए । कार्यक्रममा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले अवधारण पत्र प्रस्तुत गदै कर्णाली प्रदेशका ११ वटा जिल्लामा सन् २००६ देखि २०१० को दोसो राव सर्वेक्षण अनुसार ८ हजार ७ सय ९७ जना बाँकी मोतिविन्दुका विरामीहरु रहेको बताए । उनले प्रदेशमा दृष्टि विहिनताको व्यापक्ता करिव ४ हजार ५ सय ११, मोतिविन्दुको कारण बाट दृष्टिविहिन हुनेको संख्या करिव ५ हजार ८ सय ६५ रहेको जानकारी गराएका थिए । थापाले अस्पतालले तयार पारेको अवधारण अनुसार अस्पतालको प्राविधिक सहयोगमा प्रदेशका नगरपालिका वडाहरुमा निःशुल्क आँखा जाँच कार्यक्रम गरीर्ने र सोमा भेटिएका मोतिविन्दुका विरामीहरुको निःशुल्क सल्यक्रिया गरिने रहेको बताए । जसमा पहिलो बर्ष २ हजार मोतिविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने र जसमा दुई करोड बजेट आवश्यक पर्ने बताए ।
कार्यक्रममा संघका केन्द्रिय सदस्य धनबहादुर बस्नेत, नेपाल नेत्रज्योति संघ कालिकोटका सभापति खडानन्द पाण्डे, दाङका सहसचिव चिरञ्जीवि रिजाल, फतेवाल आँखा अस्पतालका प्रवन्ध निर्देशक कौशल कुमार बर्मा, बाँके शाखाका पदाधिकारी, राप्ती आँखा अस्पताल , बहादुगञ्ज आँखा अस्पतालका प्रशासकिय अधिकृतहरु र स्वास्थ्य महाशाखाका कर्मचारीले भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस