२०७९ माघ १३, शुक्रबार

नेपाल बैङकको फोहर सडक र चोकचोकमा

फागुन २१, २०७५  | १४७६ पटक पढिएको

घोराही
सर्व–साधारणको चाप हुने भनेको संस्था मध्य एक नेपाल बैङक एक हो । दैनिक सँयौको सख्यामा आउँने सेवाग्राहीले कति फोहर गर्छन होला त्यो हामीले सहजै आकलन गर्न सक्छौ । त्यति मात्र हैन कार्यालयबाट कति फोहर निश्कन्छ र कहाँ बिर्सजन गरिन्छ भन्ने कुरा धेरै जानकारी नहुन सक्छ । तर नेपाल बैङक शाखाका कार्यालय दाङले कार्यालयबाट निश्कने फोहर जति सडक र चोकमा फाल्ने गरेको पाईएको छ । कार्यालयले बैङ्कबाट आएको फोहर घोराही स्थित नेपाली सेनाको ब्यारेक हुदै वसपार्क र शहिदमार्ग जाने सडकमै फोहर फाल्ने गरेको स्थानीय हरुले वताएका छन् । बैङ्कले भाचिएका कुर्चि,टेवल,प्लाष्टिकका पुराना कवार्ड,विग्रीएक कम्युटर,माउस, पुराना कागजपत्र,भौचार लगाएतका सामाग्री सडकमै फाल्ने गरेको स्थानीयहरुले वताएका हुन ।

स्थानीयहरुले साप्ताहिक रुपमै सडक र टोल –टोलको सरसफाई गरेपनि वैङ्कले घर अगाडी फोहर फाल्दा समस्या भएको स्थानीय भिमबहादुर बुढाले जानकारी दिनुभयो । बजारलाई शुन्दरता राख्न आफुहरु दिन प्रतिदिन सडकमै खटेपनि यस्ता सरकारी निकायले फोहरको थुप्रो घर सामु फाल्दा दुगन्र्ध फैलिएको वताउँनुभयो । कार्यालयले सेना ब्यारेक हुदै शहिद मार्ग जोड्ने सडकमा झण्डै तीन क्वीटल फोहर लागेर फालेको बुढाले जानकारी दिनुभयो । टोल विकास संस्था हरित टोलको रुपमा विकास गर्न खोजेको भन्दै बैङ्क जस्तो संस्थाले बाटो मै फोहर पाल्नु उचित नहुने उल्लेख गर्नुभयो । बैङकले राति कुन फोहर फाल्यो हामीलाई थाहा छैन बिहान आउँदा सडककै छोपिने गरी फोहर फालिएको थियो अर्का स्थानीय शेरबहादुर खड्काले भने । सारा टोल नै दुगन्र्धित हुने गरी कार्यालयले फोहर पालेको भन्दै स्थानीय गाउँलेहरु नेपाल बैङकलाई कारर्वाही गर्न माग स्थानीय निकायसंग माग गरेका छन् ।
मान्छे लगाएर बैङ्कको फोहर उठाउँन आफुहरु लागेको भन्दै कार्यालयलाई सचेत बनाउँन आग्रह गाउँलेहरुले आगह्र गरेका छन् । यस्तै नेपाल बैङ्कका एक कर्मचारीले सडकमा फालेको फोहर आफ्नै कार्यालयको रहेको वताएका छन् । कार्यालयबाट निश्कने फोहर आफुहरुले कवार्डलाई दिने र उनिहरुले सडकमै फाल्दा समस्या भएको ती कर्मचारीको भनाई छ।

कार्यालय फोहर फाल्ने विषयमा गम्भिर बताउँदै अबका दिनमा गल्ली नगर्ने कार्यालयका कर्मचारीको भनाई छ । यस्तै फोहर फालेको भन्दै घोराही उप–महानगरपालिकाले नेपाल बैङक,रोल्पा निर्माण सेवा र एक सार्वजनिक वसलाई कारवाही गर्ने भएको उनिहरुलाई उपमहानगरपालिकाको वातावरण शाखाले कारर्वाही गर्ने लागेको हो ।
नेपाल बैङकका रोल्पा निर्माण सेवाका मिनबहादुर कुमाई र बस चालक प्रताव पुनलाई कारवाहीका लागि नगरपालिकामा बोलाएको दैवी प्रकोप तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं वडा न.ं१४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । नगरपालीकले एक हजार देखि तीन हजार सम्म जरिवाना गर्ने प्रावधान रहेको वताउँदै प्रकृति हेरेर एक लाख सम्म जरिवना समेत गर्ने व्यवस्था रहेको डाँगीले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस