२०७९ माघ १३, शुक्रबार

तुलसीपुरमा रातको समयमा टल्कने थ्रमा प्लाष्टिक जेव्राक्रस

फागुन २०, २०७५  | १६४१ पटक पढिएको

सुरेश श्रेष्ठ दाङ,२० फागुण

सडक दुर्घटना न्यूनिकरणका लागि तुलसीपुरको बजार क्षेत्रमा थ्रमा प्लाष्टीक जेव्राक्रस बनाउन शुरु गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का मूख्य चौकका सडकहरु रातको समयमा टल्कने जेवाक्रस अर्थात सिसा मिसाईएको थ्रमा प्लाष्टीक जेव्राक्रस बनाउन शुरु गरिएको सडक डिभिजन कार्यालयका ईन्जीनियर दिपक गौतमले जानकारी दिनुभयो ।

राप्ती लोकमार्गका सडकहरुमा यसप्रकारको प्रबिधियुक्त जेव्राक्रस बनाउने योजना अनुरुप तुलसीपुरको बजार क्षेत्रमा बनाउन लागिएको ईन्जीनियर गौतमले बताउनुभयो । अव सडक यात्रु र सवारी साधन चलाउने दुवैलाई सहयोग पुग्ने उहाको बिश्वास छ । यसप्रबिधिको कुल ८७ स्कवार मिटर क्षेत्रफलमा थ्रम प्लाष्टीक जेव्राक्रस बनाईने छ । जुन प्रति जेव्राक्रस १५ सेन्टीमिटर चौडाई र ३ मिटर लम्वाईका हुनेछन् ।

ईनामेलको भन्दा बढी खर्चिलो थ्रम प्लाष्टीक हुने सडक डिभिजन कार्यालयले जनाएको छ । ईनामेल पेन्टका लागि प्रति बाल्टीन ४÷५ सय रुपैया लाग्ने हुन्छ भने यसप्रकारको पेन्ट प्रति केजी ८ ÷९ सय रुपैया सम्म पर्ने उहाले जानकारी दिनुभयो ।

जुन प्रति लेनमा ३÷४ केजी सम्म लाग्ने ईन्जीनिय गौतमले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का सदस्य सुरेशकुमार श्रेष्ठका अनुसार बिरेन्द्रचौकको ४ वटा सडक, बिपीचौकका ४ वटा सडक,जेसीज चौकका ४ वटा सडक र बाहिनीचौकका ४ वटा सडकमा उक्त प्रबिधिको जेव्राक्रस गराउन शुरु गरिएको हो । यसबाट अव रातको समयमा सडक दुर्घटनामा न्यूनिकरण हुने वडा अध्यक्ष बिरेन्द्रकुमार शाहको अपेक्षा छ ।

रातको समयमा जेव्राक्रसमा सवारीसाधनको लाईटले टल्कने छ र सवारी चालकले गति नियन्त्रण गर्ने भएकाले सडक दुर्घटना न्यूनिकरण हुने उहाको भनाई छ ।

यसअघि ईनामेलले पेन्ट गरिएका जेवाक्रसहरु बनाइएका थिए । ती जेव्राक्रसहरु चाडै मेटिने र रातको समयमा पनि त्यति राम्रो सग नदेखिने भएकाले सडक दुर्घटना न्यूनिकरणका लागि सहयोगी हुन सकेको थिएन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस