२०७९ माघ २४, मंगलबार

दुई दिने अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप शुरु

असार ०५, २०७६  | १९१४ पटक पढिएको

– दिप्तीशिखा चौधरी
५ असार, दंगीशरण / अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्र्तगत आज बिभीन्न प्रतियोगीतात्मक खेलहरु सम्पन्न भएका छन् । आज पहिलो दिन १ सय मिटर दौड, कुर्सी दौड, हिसाव दौड, हिजे प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएका छन् । जस अन्र्तगत हाजिरीजवाफ प्रतियोगितामा श्री विरेन्द्र मा.वि. हेकुलीका मिना डांगी,सुशिल डांगी र रञ्जीत चौधरीको समूह प्रथम, श्री सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँका छवी के.सी, निरज देवकोटा र अनील के.सी को समूह द्धितीय मा.वि. मधपुरका विेजेता पुन, ऋषीराज कुसारी र वसन्तराज कुसारीको समूह तृतीय स्थान हासील गरेको छ ।

यस्तै हिजे प्रतियोगितामा श्री जनता आधारभूत विद्यालय वुटनियाका ललित चौधरी प्रथम, श्री सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँका निरज देवकोटा द्धितीय, मा.वि मधपुरका करण चौधरी तृतिय स्थान हासील गरेका छन् । यसैगरी १ सय मिटर दौडमा छात्र तर्फ रात्री आधारभुत बिद्यालय बैबाङ्गका कोषम चौधरी प्रथम, भानु मा.वि. प्रसडुवाका अनील घर्ती द्धितीय, लक्ष्मी नारायण आधारभुत विद्यालय सलौराका कृष्ण टण्डन र मा.वि. मधपुरका विराज कुसारी तृतीय स्थान हासील गरेका छन् भने छात्रा तर्फ रात्री आधारभुत बिद्यालय बैबाङ्गकि सृष्टिका चौधरी प्रथम, वीरेन्द्र मा.वि हेकुलीकि दिपिका वली द्धितीय, श्री सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँकि रोसनी सुनार तृतीय स्थान हासील गर्न सफल भएका छन् ।

यस्तै हिसाव दौड प्रतियोगितामा छात्रा तर्फ वीरेन्द्र मा.वि हेकुलीकि प्रेम कुमारी चौधरी प्रथम, भानु मा.वि. प्रसडुवाकि सविना चौधरी द्धितीय, जनता आधारभुत विद्यालय वुटनीयाकि सुस्मीता चौधरी तृतिय स्थान हासील गरेकि छिन् भने छात्र तर्फ वीरेन्द्र मा.वि हेकुलीका योगेश डांगी प्रथम, लक्ष्मी नारायण आधारभुत विद्यालय सलौराका विनोद खड्का द्वितिय र भानु मा.वि. प्रशडुवाका रविन वि.क तृतिय स्थान हासील गर्न सफल भएका छन् ।

यस्तै प्रतियोगिता अन्र्तगत कुर्सी दौडमा छात्रा तर्फ प्रा.वि. खलुवाचिसकि समिक्षा चौधरी प्रथम, आधारभुत विद्यालय बाँकि बेटारपुरकि एलिसा खड्का द्धितीय र रात्री आधारभुत बिद्यालय बैबाङ्गकि सुस्मिता चौधरी तृतिय स्थान हासील गरेकि छिन भने छात्र तर्फ रात्री आधारभुत बिद्यालय बैबाङ्गका मदन चौधरी प्रथम, भानु मा.वि. प्रसडुवाका अनील वि.क द्धितीय र सस्वती आधारभुत विद्यालय पदमपुरका निमेश योगी तृतिय स्थान हासील गर्न सफल भएका छन् ।

आज पहिलो दिन सम्पन्न प्रतियोगितामा कक्षा १ देखि ५सम्मका बिद्यार्थीहरुले भाग लिएका थिए । भोली कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरुको खेलमा भाग लिनेछन् । भोलीको खेल प्रतियोगिता बिहान ७ बजे देखि शुरु हुने शिक्षा तथा खेलकुद शाखाका उप — सयोंजक अनील कु.सीले जानकारी दिए । आज र भोली खेल प्रतियोगितामा विजयी भएका छात्र छात्राहरुलाई भोली खेल समापन पछि प्रमाण पत्र सहित पुरस्कार वितरण गरिने उप — सयोंजक के.सी. ले जानकारी दिए । दंगीशरण गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा दुई दिने अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सामुदायीक विद्यालयका बिद्यार्थीहरुलाई खेलकुदमा पनि सहभागी गराए पढाई प्रतीको रुचि अझ बढेर जाने बताए ।

सामुदायीक बिद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउन प्रतियोगीतात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको बताए । शिक्षा शाखा प्रमूख विनोद अधिकारीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतिथ्यता तथा प्रमूख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलको विशिष्ट आतीथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस