२०७९ माघ १७, मंगलबार

जिल्ला लिग जारी – ‘लक्ष्य र एस एस एफ ए ले अंक बाडे’

असार ०५, २०७६  | ९०२ पटक पढिएको

– लक्ष्मण बस्नेत
५ असार, दाङ / दाङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा लक्ष्य युवा क्लब मलवार र स्पोर्ट्स स्कुल फुटबल एकाडेमी तुलसीपुरले अंक बाडेका छ्न् ।

अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बिहिवार भएको शसक्त र शानदार खेलमा दुवै टिमले निर्धारित समय सिमा सम्म गोल रहित बराबरी खेलेपछी एक–एक अंक बाडेका हुन् ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा आफुलाई लिगको दावेदारी प्रस्तुत गरेका दुवै टिमका थुप्रै गोल हुने अवसरले गोलपोस्टको जाली चुम्न सकेनन् । जारी लिगमा लक्ष्य युवा क्लबले आफ्ना दुई खेल बराबरी गर्दै २ अंक बटुलेको छ भने एस एस एफ ए को पहिलो खेल बराबर हुँदै १ अंक छ । उता सक्सेस युथ क्लब एक खेल जित्दै ३ अंक हात पार्न सफल भएको छ । यसैबिच शुक्रबार बेलुका सवा ५ बजे हुने खेलमा टाईगर युवा क्लब र युनाइटेड युथ क्लब आमने सामने हुँदैछ्न् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस