२०७९ माघ २४, मंगलबार

अश्वारामा पानीको महसुल घट्यो

असार ०५, २०७६  | १४७४ पटक पढिएको

५ असार, तुलसीपुर / अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पानीको महशुल घटाएको छ । पदभार ग्रहणपछि बसेको पहिलो बैठकले आगामी साउन महिनादेखि लागुहुने गरी दशहजार लिटरसम्मको न्युनतम शुल्क एक सय रुपैयाँ कायम गर्ने निर्णय गरेको हो । हाल उपभोक्ताहरुले न्युनतम शुल्क एक सय २५ रुपैयाँ तिर्दै आएका छन् ।

निर्वाचनको समयमा नवनिर्वाचित समितिले आफुले चुनाव जितेमा पानीको हाल कायम रहेको शुल्क घटाउने उपभोक्ता सामु प्रतिबद्धता गरेको थियो । यसैविच उपभोक्ताले नवनिर्वाचित समितिले पानीको महशुल घटाएपछि उपभोक्ता खुशी भएका छन् । समितिको निर्णयले साढे चार सय उपभोक्तालाई खुशी तुल्याएको भन्दै उपभोक्ता महेन्द्र भण्डारीले आगामी दिनपनि लोकप्रिय काम गर्न आग्रह गरेका थिए ।
समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा बसेको बैठकले अमुल्य मत दिएर विजयी गराउने सम्पुर्ण मतदाता, सहयोग गर्ने राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षाकर्मी, पर्यवेक्षक, निर्वाचन समिति लगायतलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

बैठकले जागरण टोलमा सम्भव भएसम्म तत्काल डिप बोरीङ संचालन गरेर श्रवण टोल र बटोलपुरमा पानी पु¥याउने, सृजना टोलको माथिल्लो बस्तीमा नयाँ पाइपलाईन विस्तार, पाँच लाख लिटर क्षमताको अकासे ट्याँकी निर्माण, काम्लेमोरा र चोरखोलामा डिबबोरीङ संचालन, चुनेपहराको मुहानदेखि भट्टे हुँदै अश्वारासम्म नयाँ पाइपलाईन विस्तार लगाएतका पुर्वाधार विकासका लागि वडा कार्यालयदेखि तुलसीपुर उपमहानगरपालिका हुदै प्रदेश र संघीय सरकारसंग आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ । निर्वाचन समितिका संयोजक लालबहादुर डाँगीको अध्यक्षता एवम् तुलसीपुर उपमहागनरपालिका– ८ का वडाध्यक्ष वेदबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संयोजक डाँगीले नवनिर्वाचित कार्यसमतिलाई पद तथा गोपनियताको सफत गराएका थिए । सो अवसरमा बोल्ने वक्ताले भेदभाव र पूर्वाग्रही विना जनताको मन जित्नेगरी काम गर्नुपर्नेमा जोड दिएका थिए । जुनसुकै व्यक्ति निर्वाचित भएर आएपनि सोही गाउँको भएकाले सामाजिक काममा फुटेर भन्दा पनि जुटेर काम गर्दा समाजको भलाई हुने उनीहरुले बताए ।

कार्यक्रममा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका निवर्तमान अध्यक्ष तिलकबहादुर बस्नेत, नवनिर्वाचित अध्यक्ष शिवहरी भण्डारी, निर्वाचन समितिका सदस्य चक्रबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटी सदस्य धर्म वली लगाएतले बोलेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस