२०७९ माघ १७, मंगलबार

“आर्थिक अभावका कारण कसैले पनि दृष्टि गुमाउनु पर्दैन” : मन्त्री बराल

असार ०३, २०७६  | ६०६ पटक पढिएको

३ असार, बर्दिया / प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आर्थिक अभावका कारण अब कसैले पनि दृष्टि विहिन भएर बस्नु नपर्ने बताएका छन् ।

नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरको प्राविधिक सहयोगमा बर्दियाको सानोश्री सामुदायिक आँखा अस्पतालमा मंगलवार देखि सुरुभएको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरको उद्घाटन गदै सो कुरा बताएको हुन् । उनले एक वर्ष भित्र नेपाल नेत्रज्योति संघसँग सहकार्यगरी सबै जनतालाई उज्यालो प्रदान गर्ने उनको भनाई थियो ।

‘अब कोहि पनि आर्थिक अभावका कारण दृष्टि विहिन भएर बस्ने अवस्था आउदैन प्रदेश सरकारले गाउँगाउँमा आँखा शिविरहरु गरी उज्यालो प्रदान गर्ने छ’ – बरालले भने । त्यस्तै उनले प्रदेश नं. ५ अन्तर्गतका आँखा अस्पतालहरुको स्तरवृद्धि र आवश्यक औजार उपकरणहरु समेत प्रदेश सरकारले उपलव्ध गराउने बताए । ‘नेपालमा आँखा अस्पतालहरुले राम्रो सेवा दिएका छन् । छिमेकी राष्ट्रका नागरिकहरुपनि यहाँ धेरै आउँछन् उनले भने ।

प्रदेश सरकारले विशिष्टिकृत सेवा सञ्चालन गर्ने आँखा अस्पताल तथा अन्य सामुदायिक अस्पतालहरु र प्राकृतिक चिकित्सा क्षेत्रमा कार्यरत संघ संस्थाहरुसंग सहकार्य गर्ने नीति लिएको समेत बताए । यसैगरी आँखा अस्पतालहरुको सहकार्यमा निःशुल्क आँखा शल्यकिया शिविरको संचालन गरी दृष्टिविहीनता अन्त्यका लागि ५ करोड ४५ रकम समेत छुटाएको बताएको छ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको शल्यक्रिया शिविर उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कुलप्रुााद पोखरेलले नागरिकको स्वास्थ्य सेवा पाउने हक भए जस्तै आँखाको सेवा पनि सहजरुपले पाउनुपर्ने बताए । त्यसैगरी नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले पैसाको अभावका कारण कोहि कसैले पनि आँखा उपचार सेवाबाट बञ्चित हुन नपर्ने बताए । उनले प्रदेश तथा स्थानीय सरकार संग त्यसको लागि समन्वय गर्ने काम सुरु भएको बताए । उनले राप्ती आँखा अस्पतालले प्रदेश नं. ५ र ६ का विकट क्षेत्रमा पुगी जनतालाई उज्यालो प्रदान गर्ने अभियानलाई निरन्तर्ता दिएको बताए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यक्रम संयोजक हुकुम पोख्रेलले नेपाल नेत्रज्योति संघ अन्र्तगत सञ्चालीत आँखा अस्पताल र उपचार केन्द्रले वार्षिक ३ लाख बढीको शल्यक्रिया र ३० लाखलाई सेवा दिएको भन्दै सरकारले अझैपनि आफनो स्वास्थ्य विधिमा नराखेको बताए ।

नेपाल नेत्रज्योति संघ वर्दिया शाखाका सभापति गोपाल प्रसाद पौडेको अध्यक्षतामा भएको कार्यक्रमा पूर्व संसाद खगराज शर्मा, नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, मधुवन नगरपालिकाका प्रमुख गणेश केसी, बर्दिया शाखाका सचिव शिवदत्त लामिछाने लगायतले बोलेका थिए । राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डा. सुरेश रसाइलीको नेतृवमा गएको प्राविधिक टोलिले शल्यक्रिया गर्नेछ । तिन दिन सम्म सञ्चालन हुने शिविरमा ३ सय जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गर्ने नेत्रअधिकृत शालिकराम गौतमले बताए । सो अवसरमा मन्त्री वरालले नवनिर्मित सामुदायिक आँखा अस्पतालको भवनको समेत उद्घाटन गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस