२०७९ माघ २४, मंगलबार

राप्तीमा आगामी आर्थिक वर्षको बजेट, योजना, नीति तथा कार्यक्रमको तयारी

असार ०३, २०७६  | ६५२ पटक पढिएको

– तिर्थराज ज्ञवाली
३ असार, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ को २६ औ बैठक मंगलवार सम्पन्न बैठकमा आगामी आर्थिक वर्षको बजेट, योजना, नीति तथा कार्यक्रमको तयारी गरिएको छ ।

राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा सम्पन्न बैठकले आगामी गाउँ सभा, नयाँ आर्थिक वर्षको बजेट, योजना, निती तथा कार्यक्रमका बारेमा निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेट भाषण, नीति कार्यक्रम प्रस्तुतिका लागि असारको १० गते पाँचौ गाउँसभा गर्ने निर्णय गरिएको छ ।
यस आर्थिक वर्षको अन्तिम महिनामा आर्थिक चटारो पर्ने भएको हुँदा सकभर सहज र सरल तरिकाले योजना तथा कार्यक्रम समयमै सक्न र भुक्तानि लिन दिन बैठकले कार्यालय तथा नागरिकलाई अनुरोध समेत गरेको छ ।

बैठकले आगामी आर्थिक वर्षको लागि वडा गत रुपमा बजेट सीमा निर्धारण गरिए बमोजिम योजना आगामी ७ गते सम्म गाउँपालिकाको कार्यालयमा पेश गर्न कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

बैठकमा वडा गत रुपमा प्राप्त प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गतको कार्यक्रम सञ्चालन गर्न वडाहरुसँग अन्तिम छलफल गरिएको साथै आगामी वर्षको निति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन र बजेट तयारी गर्ने, गाउँसभामा पेशगर्ने विभिन्न ऐन, नियमावलीहरुको अध्यन तथा तयारी गर्ने र समयमै योजनाको भुक्तानी प्रक्रिया आगामी १५ गते देखी २० गते सम्म सम्पन्न गर्ने समेत निर्णय भएको बैठकका सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले जानकारी बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस