२०७९ माघ १७, मंगलबार

तीन दिने बेमौसमी तरकारी खेती तालिमको समापन

असार ०२, २०७६  | ७०३ पटक पढिएको

– निराश पाण्डे
२ असार, दाङ / शान्तिनगर गाउँपालिका वडा नम्बर ५ पाँचको आयोजनामा तीन दिने बेमौसमी तरकारी खेती तालिमको आज(सोमबार) एक कार्यक्रमका बिच बैंसामा समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले मानसिक विकास भए मात्र आर्थिक विकास हुने भन्दै अध्यक्ष डाँगीले शान्तिनगरलाई समृद्ध बनाउन आफु लागी परेको बताए । आगामी बजेटमा किसानका लागी कार्यक्रम समेत ल्याइने बताए ।

वडा नम्बर पाँचका अध्यक्ष गिरिराज बस्नेतको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी कमला खड्का, कृषि शाखा प्रमुख यमकान्त पाण्डेले बोलेका थिए । तिन दिन सम्म सञ्चालित बेमौसमी तरकारी खेती तालिममा सहभागी महिला पुरुष गरि ३८ जना रहेका थियो ।

उक्त कार्यक्रमको सहजीकरण वडा सचिव मिन बहादुर के.सी.ले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस