२०७९ माघ १३, शुक्रबार

राप्तीमा ५ औं चुरे संरक्षण दिवस मनाईयो

असार ०२, २०७६  | २१२० पटक पढिएको

– तिर्थराज ज्ञवाली
२ असार, मसुरीया (देउखुरी दाङ) / चरे पर्वत संरक्षण गर्नु अति आवश्यक छ भन्दै आज (सोमबार) राप्ती गाउँपालिकामा विभिन्न विद्यालयका विद्यार्थी, सामुदायिक वन समुहका उपभोक्ता, बुद्धिजिवीहरुको र्याली राप्ती गाउँपालिकाको प्राङगणमा आई भव्य कार्यक्रमको आयोजना गरि चुरे संरक्षण संम्वन्धि जानकारी, मन्तव्य तथा चित्रकला प्रस्तुत गर्दै ५ औ चुरे संरक्षण दिवस मनाईएको छ ।

डिभिजन वन कार्यालय, नर्ति वन समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रम द्रोपदा पौडेलको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा आयोजना गरि विद्यार्थीहरुलाई चुरे के हो र किन संरक्षण गर्न आवश्यक छ ? भन्ने बारेमा शिक्षकद्वय किरण पोख्रेल र विक्रान्त ज्ञवालीले जानकारी समेत गराएका थिए ।

चुरेको माटो पानी बचाऔं तराई मधेश बचाऔं भन्ने मुल नारा सहित सन्देश मुलक कार्यक्रमको आयोजना गर्नु आजको आवश्यकता रहेको साथै विभिन्न नाममा चुरेको दोहन भैरहेको प्रति वन महासंघका नवराज शर्मा, सहायक वन अधिकृत टेकन आचार्य, सिल्स नेपालका सतिश गौतमले चिन्ता सहित आगामी दिनमा नागरिकले गर्नुपर्ने काम तथा वन संरक्षणका तरिका बारे विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शमाले अवका दिनमा चुरे संरक्षणका लागि नेपाल सरकार तथा स्थानिय सरकारले विभिन्न योजना तथा निति नियम लागु गर्दै गरेको जानकारी गराउदै मनै देखी वन जंगल संरक्षणमा स्थानीय व्यक्ति लाग्नु पर्ने बताएका छन् ।

राप्ती सामुदायिक वन महासंघका अध्यक्ष हरि भुसालको कार्यक्रम सहजिकरणमा सञ्चालन गरिएको कार्यक्रममा राप्ती क्षेत्रका माध्यमिक विद्यालय स्तरिय वन संरक्षण तथा प्रकृति सम्वन्धि चित्रकला प्रतियोगीतामा सहभागी विद्यार्थीहरुलाई उत्कृष्टताको आधारमा नगद तथा प्रमाणपत्रले सम्मान समेत गरिएको छ ।

वन संरक्षण तथा प्रकृति सम्वन्धि चित्रकला प्रतियोगीतामा आदर्श नमुना माध्यमिक विद्यालयका सौगात घर्ती प्रथम, श्री माध्यमिक विद्यालय मौरिघाटका अनिल घर्ति द्वीतिय र तृतियद्वय विद्यालय पब्लिक एजुकेशन एकेडेमी र ज्ञानोदय माध्यमिक विद्यालयकी क्रमशः उषा सुवेदि र माया चौधरीलाई नगद तथा प्रमाणपत्रले सम्मान समेत गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस