२०७९ माघ १३, शुक्रबार

त्रिवि सेवा आयोगमा तालाबन्दी

असार ०२, २०७६  | ५०३ पटक पढिएको

२ असार, काठमाडौँ / नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आयोगले लिएको परीक्षाको नजिता खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्र्घष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्’’ उहाँले भन्नुभयो,‘‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशित गरिएको नजिता स्थगित गर्न माग गरेका थियौँ तर परीक्षा स्थगित नगरी अन्तर्वाता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’’

यसअघि क्रान्तिकारीले जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी र जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशनसमेत बसिरहेको छ । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस