२०७९ माघ १३, शुक्रबार

‘अस्पतालको भौतिक निर्माणसँगै विशेषज्ञ सेवा प्रवाहका लागि स्थानीय निकायले सहयोग गर्ने’

जेठ ३२, २०७६  | ९५५ पटक पढिएको

– साक्षी खबर
३२ जेठ, तुलसीपुर / यहाँका स्थानीय निकायका जनप्रतिनिधिहरुले लमही आँखा अस्पतालको विकाशका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्तगरेका छन् । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताललाई दीर्घकालिन योजना मुताविक थप विशेषज्ञ सेवा सहितको आँखा उपचार सेवालाई बढाई विशिष्टिकृत आँखा अस्पतालको रुपमा विकास गर्नको लागि अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा विकासको सम्बन्धमा लमहीमा शनिवार छलफल भएको हो ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लमही नगरपालिका उपप्रमुख देवका वेलवासेले यस क्षेत्रको गौरवको रुपमा स्थापीत आँखा अस्पतालको विकाशका लागि नगरले सवै किसिमको सहयोग गर्ने बताइन् । ‘अहिले तिनै सहयोग हुन्छ भनेर म भन्दैन अस्पतालको दीर्घकालिन योजना र थप विशेषज्ञ सेवा सहितको आँखा उपचार सेवा प्रवाह गर्न हाम्रो सवै किसिकको सहयोग हुने छ’ – उनले भनिन् ।

त्यसैगरी कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आँखा जस्तो संवेदनशील क्षेत्रको विकासको लागि गाउँपालिकाले सहयोग गर्ने बताए । ‘अस्पतालको विकासका लागि हामीले हाम्रो तर्फबाट सहयोग गर्नेछौं, गाउँकार्यपालिकको बैठकले निर्णय गरेर आवश्यक बजेटको सक्दो सहयोग हुन्छ’– उनले भने । त्यसैगरी राजपुर गाउँपालिकाका अध्यक्ष लोराज केसीले यस आर्थिक बर्षमा गाउँपालिकाले पहिलो पटक नाकावासीहरुलाई अस्पतालको साझेदारी कार्यक्रममा आँखा उपचार शिविर, निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको भन्दै अन्य सहयोगलाई पनि निरन्तरता दिने बताए ।

त्यसैगरी उपाध्यक्ष धनपति यादव, प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी, पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले आँखा अस्पतालको विकाशका आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्तगरेका थिए । त्यसैगरी छलफल कार्यक्रममा संघका सभापति कृष्णकुमार गिरीले संघद्वारा सञ्चालित आँखा अस्पतालहरुको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए । ‘यस वर्ष हामीहरुले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया साझेदारी कार्यक्रम सञ्चालन गरेका छौं, आगमी वर्षका लागि भौतिक निर्माणलाई जोड दिएका छौं’– उनले भने ।

सो अवसरमा अस्पतालमा विरामीका लागि बहिरंग कक्ष (भिजिटर सेट) निर्माणको लागि लमही नगरपालिका र क्याविन सहितको विरामी बार्ड निमार्णको लागि रााप्ती, गढवा र राजपुर गाउँपालिका समक्ष पेश गरिएको प्रस्तावना सहित समग्र आँखा स्वास्थ्य कार्यक्रमको विषयमा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले प्रकाश पारेका थिए । कार्यक्रममा संघका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस