२०७९ माघ १३, शुक्रबार

अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड दुवै श्री मावि मौरीघाटको हातमा

जेठ ३१, २०७६  | १५४१ पटक पढिएको

– तिर्थराज ज्ञवाली
३१ जेठ, सिरीचौर (देउखुरी दाङ) । प्रथम राप्ती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम गाउँपालिका अध्यक्ष कप दुवै तर्फको विजेता बन्न सफलभई दुवै शिल्ड तथा कप श्री माध्यमिक विद्यालय मौरीघाटको हातमा परेको छ ।

फुटवल छात्र तर्फ फाईनल खेलमा आदर्श माध्यमिक विद्यालयलाई ४ का विरुद्ध ५ गोल गरि श्री माध्यमिक विद्यालय मौरीघाटले प्रथम गाउँपालिका अध्यक्ष कप जित्न सफल भएको हो । त्यस्तै कबड्डी छात्र र छात्रा तर्फ छात्रहरुले सिरीन भ्याली स्कुल र छात्राहरुले आदर्श नमुना विद्यालयलाई हराउदै श्री माध्यमिक विद्यालय मौरीघाटले कबड्डी तर्फको दुवै प्रथम पुरस्कार जित्न सफल भएको थियो । सम्पुर्ण खेलको अंकको हिसावले धेरै अंक ल्याउन सफल श्री माध्यमिक विद्यालय मौरीघाटले प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप जित्न सफल भएको हो ।

शुक्रवार पुरस्कार वितरण कार्यक्रमको आयोजना गरि गाउँपालिकाले प्रदेश नं. ५ का प्रदेश सभा सदस्य ईन्द्रजित थारुको हातबाट प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा राप्ती गाउँपालिका अध्यक्षको हातबाट अध्यक्ष कप विजयीहरुलाई प्रदान गरिएको छ ।

छात्रा तर्फ सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाले प्रथम स्थान हात पारेको छ । मुनलाईट माध्यमिक विद्यालयलाई ४ गोल हानेर सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाले जित आफु तर्फ समेटेको हो । फाईनल खेलमा निश्चीत समयमा एक एकको बरावरी भएपछि पेलान्टीमा मुनलाईट माध्यमिक विद्यालयले ३ गोलमात्र गरेपछि सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाले हात पारेको हो ।

भलिबल छात्र फाईनल खेलमा ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवा विजयी भएको छ । शंकर माध्यमिक विद्यालय पीपरी लाई हराउँदै ज्ञानोदय माध्यमिक विद्यालयले छात्रतर्फको भलिवलको प्रथम स्थान प्राप्त गरेको हो । कबड्डी तर्फ छात्र फाईनल खेल श्री माध्यमिक विद्यालय मौरीघाटले सिरीन भ्याली स्कुल मौरीघाटलाई हराउँदै प्रथम स्थान प्राप्त गरेको ओयाजक राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरि २१ विद्यालयहरुको सहभागीता रहेको प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप मा कबड्डी तर्फ श्री माध्यामकि विद्यालयले जित हात पारेको छ । श्री माध्यामकि विद्यालयले आदर्श माध्यामीक विद्यालयलाई हराउदै प्रथम भएको छ ।

भलिवल छात्रा तर्फ ज्ञानोदय माध्यमिक विद्यालयले श्री सर्वाेदय माध्यमिक विद्यालयलाई हराउँदै प्रथम स्थान प्राप्त गरेको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

नवज्योति आधारभूत विद्यालय, सिरिचौरको खेलकुद मैदानमा गत २७ गतेदेखी सुरु गरिएको प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा, एथ्लेटिक्स अन्तरगत दौडः १०० मिटर, ४०० मिटर, १५०० मिटर छात्र छात्रा खेल र प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल खेल समावेश गरिएको थियो ।

एथ्लेटिक्स अन्तर्गत १५०० मिटर दौड छात्र तर्फ सर्वाेदय माविका विमल परियार प्रथम, मावि मौरिघाटका गोकर्ण बस्नेत द्वीतिय, आदर्श नमुना माविका सन्तोष कुमाल तृतिय भएका छन् । साथै १५०० मिटर दौड छात्रा तर्फ मावि मौरिघाटकी सिसा शाही प्रथम, दिपज्योति कोडिङकी मेनुका चौधरी द्वीतिय, सर्वाेदय माविकी सन्जु चौधरी तृतिय भएकी छन् । ४०० मिटर दौड छात्र तर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, सिरीन भ्यालीका मोहन बस्नेत द्वीतिय र सर्वाेदय माविका रमेश चौधरी तृतिय भएका छन् । ४०० मिटर दौड छात्रा तर्फ ज्ञानोदय माविकी सुशिला चौधरी प्रथम, मावि मौरीघाटकी चिरीन्जीवी गीरी द्वीतिय र सर्वाेदय माविकी कुस्मा चौधरी तृतिय भएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका फनेन्द्र देवकोटाले जानकारी दिएका छन् ।

अध्यक्षकप प्रथम गाउँपालिका स्तरीय खेलमा छात्र छात्राको फुटवल खेल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको १०० मिटर दौडमा छात्र तर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, मावि मौरीघाटका अशोक घर्ति द्वितिय, र दिपज्योति बोडिङका निरज चौधरी तृतिय भएका छन् । १०० मिटर दौडमा छात्रा तर्फ १०० मिटर दौडमा छात्रा तर्फ मेनुका चौधरी, दुर्गा भवानी आमाविकी आशा चौधरी द्वीतिय र सर्वाेदय माविकी सञ्चीता चौधरी तृतिय भएकी छन् ।

प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, प्रथम गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगीतालाई सभ्य तथ अनुशासित तवरले सञ्चालन गर्नका लागि फुटवल खेलमा रेफ्रीको रुपमा एन्फा रेफ्रे देव नारायण दहाल, खुम बहादुर वली, सुरेन्द्र चौधरी, खेल शिक्षक रेफ्री यज्ञ शर्मा, सुवास भुसाल, सुवर्णमान चौधरी, सुनील चौधरीले खेल खेलाउनु भएको थियो, त्यस्तै कबड्डी खेलमा रेफ्रीको रुपमा राष्ट्रिय कबड्डी रेफ्री भगवती अधिकारी, खेल शिक्षक रेफ्री ठाकुर भुसाल, धनीराम घर्ती, पुरन चौधरी, लक्ष्मी नारायण चौधरी, गोपाल पौडेल खेल खेलाउनु भएको थियो त्यस्तै भलिवल खेलमा रेफ्रीको रुपमा वडा नं. ५ का वडा सदस्य गणेश चौधरी खेल शिक्षक रेफ्री विलोचन चौधरी, हंशराज चौधरी, एकदेव चौधरी, विराजन विष्ट, शागर शर्मा, दिनेश बहादुर विष्ट लगायतकाले रेफ्रीको भूमिका निर्वाह गगरेको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस