२०७९ माघ १३, शुक्रबार

सहिदको सपना अपमान नगर

फागुन १५, २०७५  | १७६९ पटक पढिएको

रामकुमारी खडका

 

सहिदको सपना अपमान नगर

आज सहिद सप्ताहको दोर्सो दिन म सम्झिन्छु
म दिलै देखि दम्झियको छु
मेरो दाजु र दाजु जस्तै महान सत्र हजार सहिद हरु
हिजो मेरो दाजु सहिद भएको रातो चिठ्ठि बोक्ने दाजु
भन्थे मेरा बाबा आमालाई
हजुरको एउटा वीर छोरा सहिद हुदा
हजारौं वीर योद्धा जन्मिन्छ्न
बा आमा हजुरको सन्तानको
अभिभारा हामी पूरा गर्छौ
शहिदको सपना पूरा गर्ने
बर्गीय लडाइ लड्ने जिम्मा अब हाम्रो हो
तर
हिजो रातो रगतले लेखिएको चिट्ठी बोक्ने दाजु
आज रातो बोलेरो टोबेरो चढ्छ्न
अनि भन्छन हजुर को रे मैले चिनिन्
तर भासनमा त अझै नि भन्छन्
शहिदका सपना अझै अपुरा छ्न अधुरा छ्न
हामी पुरा गर्ने अभियानमा तल्लिन छौ
तिमी आफै भन त
हामी कसरी बिश्वास गरौ
तिम्रो जिबनशैलि फेरिएको छ
हिजो बर्गिय लडाइँको आह्वान गर्ने
तिम्रो सोच बदलियको छ
तिम्रो र हाम्रो बर्ग पनि मिल्दैन
किन कि तिम्रो र हाम्रो भेट हुन
हामी सहिद सप्ताह कुर्नु पर्छ
तिमिले जित्ने चुनाब कुर्नु पर्छ
अब,
तिमिले हामिलाई उत्तर दिनैपर्छ
के शहिदको बलिदानी तिमिलाई
नेता बनाएर कुर्सीमा बसाउनु मात्र थियो
के जनयुद्धको सहि मर्म
पहुचको दुरुपयोग गर्नकै लागि थियो
हामी यो प्रश्न गर्छौ तिमिहरुलाई
भासण गर्दैमा सहिदको सपना पूरा हुन्छ
सहिद सप्ताहमा दोसल्ला ओढाउदैमा
काख रितियोका आमा
सिन्दुर पुछिएकि भाउजुको सम्मान हुन्छ
सच्चिकै सहिदको सपना पूरा गर्ने नै हो भने
द्वन्द्वमा मृत र मृत परिवार भन्न लज्जा बोध गर
अनि निर्धक्क सहिद परिवार उच्चारण गर
हिजो तिमिलाई शक्ति र पहुचमा पुर्याउनेको
सम्मान गर्न त हिम्मत राख्दैनौ नै
अपमान पनि त नगर
बलिदान गर्ने वीर सहिदका सन्ततिलाई
लज्जाबोध हुने
अनैतिक गैरजिम्मेवारपन व्यबहार नगर
हामी यहि चाहान्छौ
तिम्रो कारणले जनयुद्धको खिल्ली नउडाइयोस्
जनयुद्धको उपलब्धिको सुरक्षा होस
शान्ति र समृद्धिको बाटोमा चक्काजाम नहोस
फेरि अर्को बर्जपात नहोस
किनकि मेरि आमा जस्तो
काख कसैको नरितियोस
मेरि भाउजुको जस्तो सिउदो नपुछियोस ।।

सहिद परिवार
दाङ्ग हाल जाजरकोट

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस