२०७९ माघ २१, शनिबार

ट्याक्सी दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

जेठ ३१, २०७६  | ९४० पटक पढिएको

३१ जेठ, दाङ /

तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको जिप दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ वर्षीय छवि डाँगी गम्भीर घाइते भएका छन् । उनलाई टाउकोमा चोट रहेको छ ।

त्यस्तै अन्य घाइतेहरुमा सोही ठाउँका पुर्णकली राना, अनिता राना, खुमा वली, संजय नेपाली, मन्तरी सोमैर, भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका वली र आयुशा दर्लामी घाइते भएको चिराघाट प्रहरी चौकीले जानाकरी दिएको छ ।

घाइते सबैलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । तुलसीपुरबाट खिलतपुर तर्फ जाँदै गरेको लु १ ज ११९१ नम्बर यात्रुबहाक जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले बताएको छ । जीपमा कुल १५ यात्रु सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

चालक शान्तिनगर १ कै चालक २३ वर्षीय टिकाराम खत्रीको अवस्थापनि सामान्य रहेको र उनी प्रहरी नियन्त्रणमा रहेको जानकारी दिइएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस