२०७९ माघ २१, शनिबार

महिलाहरुको लागि पन्ध्र दिने अटोचालक तालिम सम्पन्न

जेठ ३०, २०७६  | ४७३ पटक पढिएको

– निराश पाण्डे
३० जेठ, शान्तिनगर / शान्तिनगर गाउँपालिकाको आयोजनामा पन्ध्र दिने महिलाहरुका लागि अटो चालक तालिम आज(बिहिबार) एक कार्यक्रमका बिच समापन गरिएको छ ।

महिलाहरुलाई सिप सिकाइ आत्म निर्भर गराउने उद्देश्यले सञ्चालित उक्त अटो तालिम समापन कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीले तालिम लिएर मात्र नहुने भन्दै व्यवहारमा लागु गर्न समेत आग्रह गरेका छन् । साथै उनले महिलाहरुको सीप र क्षमतालाई गाउँपालिकाले सधैं सम्मान गर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको अध्यक्षतामा सप्पन्न समापन कार्यक्रममा उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के सि ले बोलेका थिए । पन्ध्र दिने तालिममा सात जना महिलाहरुको सहभागिता रहेको थियो भने अटो तालिमको प्रशिक्षकमा खगेन्द्र केसी रहेका थिए

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस