२०७९ माघ १३, शुक्रबार

नेकपा वडा कमिटीको सपथ ग्रहण तथा पार्टि प्रवेश कार्यक्रम

जेठ ३०, २०७६  | १२३५ पटक पढिएको

३० जेठ, दंगीशरण / दंगीशरण गाउँपालिका वडा नं. १ मा नेकपा वडा कमिटीको सपथ ग्रहण तथा पार्टि प्रवेश कार्यक्रम आज त्यहाँ सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका नेकपाका वडा अध्यक्ष यूवराज खड्काको अध्यक्षता तथा दाङ जिल्ला नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा वडा कमिटीका २५ जना सदस्यहरुलाई प्रमुख अतिथिले सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा नेपाली कांग्रेस परित्याग गरि ९ जना र राप्रपा पार्टि परित्याग गरि २ जना नेकपामा प्रबेश गरेका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले जनताहरुको हितका लागि पार्टिलाई बलीयो बनाउनु पर्ने बताएका थिए । जनताहरुको बलिदानले आज पार्टिले ठुलो सफलता प्राप्त गरेको भन्दै उनीहरुले जनताको हित विपरीत काम गर्न नहुने बताए ।

कार्यक्रममा जिल्ला कमिटि सदस्य चुर्ण बहादुर वली, महेश वली, एम.एन शाह, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, नेकपाका अध्यक्ष भरत अधिकारी, सचिव धनविर चौधरी, नेकपाका नेतृ बिमला वली, लिख बहादुर चौधरी लगायतले बोलेका थिए । गाउँ कमिटि सदस्य श्री प्रसाद चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा कमिटीका सचिव ईन्द्रमणी बस्नेतले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस