२०७९ माघ २१, शनिबार

तुलसीपुरमा सुरु हुँदै रोजगार कार्यक्रम

जेठ २९, २०७६  | १२५६ पटक पढिएको

२९ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रको सुरुवात गर्ने भएको छ । तुलसीपुरको अरनिको मैदानामा विहिवार कार्यक्रमको उद्घाटन हुने भएको छ ।

उपमहानगरपालिका रोजगार संयोजक भागवत घिमिरेका अनुसार तुलसीपुरमा यस आर्थिक वर्षमा ६ सय जनालाई सहभागी गराइनेछ । १९ वटै वडामा आवश्यकता अनुसार उनीहरुलाई काममा लगाइने पनि संयोजक घिमिरले जानकारी दिए । ‘यस वर्षलाई धेरैजसो शारीरिक श्रम नै गर्ने खालको काममा लगाइने छ’ उनले भने ।

सरकारले वेरोजगारहरुलाई लक्षित गरेर युवा स्वरोजगार कार्यक्रम लागु गरेको थियो । सोही अनुसार स्थानीय तहहरुले आवश्यकता अनुसार उनीहरुलाई प्रयोग गर्ने भएका हुन् । तुलसीपुरमा सडक विस्तार, सरसफाई, बजार व्यवस्थापन, वृक्षारोपण, तटवन्ध र जलाशय संरक्षण जस्ता काममा लगाइने भएको पनि संयोजक घिमिरेले वताए । उपमहानगरपालिकाले विभिन्न वडाबाट फाराम भरेकाहरुलाई सोही वडामा काम गर्ने गरि व्यवस्था गरेको छ ।

‘प्रत्येक वडामा ३० जनाका दरले र बाँकी उपमहानगरपालिकाको विभिन्न काममा लगाइने छ’ संयोजक घिमिरले भने । चालु आर्थिक वर्षमा उनीहरुलाई १ महिना काममा लगाइने छ । कार्यक्रम समुद्घाटन भएसँगै उनीहरुलाई काममा लगाइने छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस