२०७९ माघ १७, मंगलबार

प्रथम वडा कप फुटबल तथा कब्बडी प्रतियोगीता सम्पन्न

जेठ २८, २०७६  | १३५५ पटक पढिएको

– कपिल लामिछाने
२८ जेठ, दाङ । शहिद पुष्ष, नारायण, कृष्ण स्मृतिको सम्झनामा शुक्रबारबाट सुरु भएको प्रथम वडाकप फुटबल तथा कब्बडी प्रतियोगीताको सोमबार समापन गरिएको छ ।

फुटबल प्रतियोगीतामा ९ वटा टिमको सहभागिता रहेका र उक्त खेलमा माल बिजौरी टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरि त्रिशक्ती टोल विकास संस्था बासडवराले दोस्रो र धर्मशाला टोल विकास संस्था हेमन्तपुरले तेस्रो स्थान हासिल गरेको थियो ।

त्यसैगरी पुरुष कब्बडी प्रतियोगीतामा बालुवा टोल विकास संस्थाले पहिलो स्थान र दोस्रो स्थान त्रिशक्ती टोल विकास संस्थाले हासिल गरेको थियो । महिला कब्बडी प्रतियोगितामा पनि बालुवा टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको थियो ।

फुटबल प्रतियोगीताको प्रथम पुरस्कारमा प्रमाणपत्र, मेडल कप र नगद ७ हजार रूपैया, दोस्रो टिमलाई प्रमाणपत्र, मेडल, कप र नगद ५ हजार रुपैया र तेस्रो भएको टिमलाई प्रमाणपत्र र फुटबल प्रदान गरिएको थियो भने कब्बडी प्रतियोगीतामा महिला पुरुष दुवैतर्फ प्रथम भएको टिमलाई प्रमाणपत्र, मेडल, कप र नगद २ हजार र दोस्रो भएको टिमलाई प्रमाणपत्र मेडल र नगद २ हजार प्रदान गरिएको थियो । राम्रा र उत्कृष्ट खेलाडी उत्पादन गर्ने हेतुले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को आर्थिक सहयोग एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ युवा सञ्जालको आयोजनामा भएको उक्त प्रतियोगीतामा कब्बडी तर्फ उत्कृष्ट खेलाडी उमेश परियार, फुटबलमा उत्कृष्ट गोल रक्षक केम बुढा मगर र उत्कृष्ट गोलकर्ताका रुपमा रविन चौधरीलाई घोषणा गरि मायाको चिनो प्रदान गरिएको थियो ।

उक्त समापन एवम् पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि माधव वलीले स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्दै खेलाडी भाईबहिनीहरु अनुशासित तरिकाले खेल सम्पन्न गरेकोमा बधाई अनि आगामी दिनहरुमा पनि यस्तै कुशलता पुर्वक खेल खेलेर वडा नं. १८ को मात्रै नभएर समग्र दाङको नाम रोशन हुनेगरी खेल खेल्न आग्रह गरे । साथै उनले भने तुलसीपुर १८ ले खेलाडीहरु उत्पादन गर्नका लागी विभिन्न ठाँउमा खेल मैदान बनाउने लक्ष्य राखेको र छिट्टै नै यो विषयमा छलफल गरि अघि बढ्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बिजौरीका अध्यक्ष मुकेश वली, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ कमनिष्ट पार्टिका सचिव लेखनाथ खत्री लगायतले विजयी खेलाडीहरुलाई बधाई अनि आगामी दिनहरुमा पनि यस्तै सफलता मिलोस् भनि शुभकामना दिएका थिए ।

वडा नं. १८ युवा सञ्जालका अध्यक्ष गणेश खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यता भएको समापन कार्यक्रमको सञ्जालन तुलसीपुर १८ युवा सञ्जालका सहसचिव रोशन थापाले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस