२०७९ माघ २१, शनिबार

मुसीकोट नगरपालिका जातीय छुवाछुत मुक्त

जेठ २७, २०७६  | ९०७ पटक पढिएको

२७ जेठ, रुकुमपश्चिम / मुसीकोट नगरपालिका जातीय छुवाछुत मुक्त घोषणा भएको छ । एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकार, सामाजिक विकास समितिका सभापति राजु नेपालीले जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त नगरपालिका घोषणा गर्नुभयो ।

नगरपालिकाभित्र जातका नाममा कुनै प्रकारको विभेद नरहेकाले १४ वटै वडालाई जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त घोषणा गरिएको नेपालीले बताउनुभयो । जिल्लामा स्थानीय तहगत रुपमा जातीय छुवाछुत मुक्त घोषणा अभियान तीव्र पारिएको छ । छ स्थानीय तह रहेको मुसीकोट जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त घोषणा हुने अन्तिम स्थानीय तह हो ।

नगरलाई जातीय छुवाछुत मुक्त घोषणा गर्नुका साथै यसलाई सफल पार्नका लागि आठ बुँदे प्रतिबद्धता व्यक्त गरिएको नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । अन्तरजातीय विवाह स्वीकार्ने परिवारको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने उहाँले बताउनुभयो । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस